सप्तरीको चर्को व्याज प्रकरण: ‘हामीले न्याय पाएनौं, उठीबास हुने बेला भयो’

  • जेठ २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । घर खेत नै राखेर चर्को मिटर व्याज लिएर ऋण असुल्दै आएकासप्तरीको खडग नगरपालिका ७, कल्याणपुर का ६७ बर्षीय रामदेव साहका कारण उठीबास हुने बेला भएको भन्दै सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।

घरखेत राखेर ऋण लिएका उनीहरुले ऋण तिरिसक्दा समेत आफूहरुको घर जग्गा फिर्ता नदिएको भन्दै भावविह्वल बनेका छन् । विहीबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले आफूहरुलाई प्रहरी प्रशासन, समाज कतैबाट सहयोग नपाएको गुनासो गरे ।

ऋाफूले कमाएको जायजेथो फर्काउन गाह«ो हुने देखेपछि उनीहरुले संघर्ष समिति ठन गरेर आन्दोलन गर्ने भएका छन् । समितिका संयोजक छेदीलाल पासवानले इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीले प्रक्राउ पूर्जी दिए पनि धरानमा लुकेर बसेका साहलाई प्रक्राउ नगरेको आरोप लगाए । उनले भने–‘हामी यसभन्दा अगाडि पनि उन्को धरान १९ मा रहेको घरमा गयौ, हामीलाई भित्र पस्नै दिएन, उनी नभएको भन्दै हामीलाई फर्काइयो ।’ उनले थपे–‘अहिले पनि इलाका प्रहरी कार्यालय कल्याणपुरले साहलाई प्रक्राउ गरेर अनुसन्धान गर्न जारी गरेको पत्रको इलाका प्रहरी कार्यालय धरानल वेवास्ता गरेको छ ।’

उनले पटक पटक पत्रकार सम्मेलन गरेको, अदालत पुगेको, प्रहरी प्रशासनमा बारमबार धाउदा पनि आफूहरुले न्याय नपाई उठीबास लाग्न लागेको बताए । उनले भने–‘अहिले हामी यहा १० जना छौ, हामी जस्ता धेरै साहबाट पीडित छन्, हामीले उनले दिएको ऋण तिरिसकेका छौं, यति हुँदा पनि हामीलाई घरजग्गा फिर्ता दिएको छैन ।’

बोदे बर्साइन नगरपालिका ७ का तैअब अलीले ०७१ सालमा जग्गा राखेर ऋण लिएको भएपनि आफूले सबै ऋण चुक्ता गरेको बताए । उनले भने,‘मैले २०७१ सालमा जग्ग राखेर रकम लिएको थिए तर सबै तिरिसक्दा पनि अझै ऋण तिरिनसकेको भन्दै जग्गा फिर्ता दिएको छैन ।’ उनले कसैले कुरा नसुनेका भन्दै उनले भने‘ हाम्रो कुरा सुन्दैन, अब एउटै विकल्प छ, कि वार हुन्छ कि पार हुन्छ ।’

उनीहरुले अब आन्दोलन गर्ने भन्दा अर्को विकल्प नरहकेका छन् । पीडित रामप्रसाद खत्वेले आफूहरुलाई धोका दिएर सर्वनाश ग र्न खोजेका भन्दै अब आन्दोलनबाहेक अर्काे विकल्प नभएको बताए । पीडितहरुले संघर्ष समिति बनाइसकेकोले समितिको तर्फबाट सडक आन्दोलन र धर्ना बस्ने चेतावनी दिएका छन् । संघर्ष समितिका संयोजक छेदीलाल पासवानले आफ्नो सम्पत्ति लिन पनि आफूले धेरै सघर्ष गर्नुपरेको बताउदै जाने र भन्ने ठाउमा भनिसक्दा पनि आफूहरुको कुरा कसैले नसुनेको बताए । उनले भने–‘हामीले चार पाच पटक यही विषयमा पत्रकार सम्मेलन ग¥यो, अदालत गयौ, प्रहरी प्रशासन गुहा¥यौ, कति कतैबाट हामीले सहयोग पाएनौ, अब हाम्रो अन्तिम अस्त्र भनेको सडक आन्दोलन र धर्ना हो ।’

उनले पहिला सप्तरीको जिल्ला प्रशासन अगाडि धर्ना दिने, त्यसपछि पनि मागको सुनुवाई नभए सडक जाम गरेर आन्दोलनमा उत्रने र धरान १९ मा रहेको साहको घरमा धर्ना बस्ने बताए । उनले भने–‘हामीलाई सबैले मिलेर कमजोर बनाउन खोजियो, तर हामी कमजोर छैनौं, अब हामी सशक्त संघर्षमा अगाडि बढ्छौं, कसैले हामीलाई छेक्न सक्दैन ।’

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved