सातै प्रदेशमा सरकारले अनुदान दिने

  • जेठ १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । संघीय सरकारले बजेटमार्फत सातै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ अन्तरसरकारी वित्तीय अनुदान दिँदा सबैभन्दा बढी पाउने प्रदेशमा बागमती प्रदेश परेको छ ।

सातौ प्रदेशलाई प्रदान गर्ने वित्तीय अनुदान अन्तर्गत पाउने अनुदानमा सबैभन्दा कम गण्डकी प्रदेशले पाउने भएको छ ।

संघीय सरकारले आर्थिक वर्ष २०७९–८० का लागि सरकारले सातै प्रदेशलाई समपूरक, सशर्त, विशेष अनुदान र समपुरक अनुदान पुँजीगत प्रकृतितर्फ अनुदान वितरण गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त सदनमा बजेट पेश गरेको बजेटको रातो किताबमा प्रदेशहरुले पाउने अनुदानको अंक तोकिएको हो ।

बाग्मतीले २० अर्ब ३२ करोड ६६ लाख रुपैयाँ प्राप्त गरेको छ भने गण्डकीले १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ पाएको छ । वाग्मतीपछि मधेश प्रदेशले १९ अर्ब १५ करोड ९ लाख तथा प्रदेश नं. १ ले १९ अर्ब ९ करोड ९१ लाख बजेट प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशले १८ अर्ब ४७ करोड ६४ लाख, कर्णालीले १८ अर्ब ३० करोड ६१ लाख र सुदुरपश्चिम प्रदेशले १७ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ बजेट पाउने भएका छन् । सातै प्रदेशले समानीकरण अनुदान अन्तर्गत ६१ अर्ब ४३ करोड २१ लाख, सर्शत अनुदान अन्तर्गत ५७ अर्ब १६ करोड ८२ लाख, विशेष अनुदान अन्तर्गत ४ अब ५६ करोड ४३ लाख र समपुरक अनुदान अन्तर्गत ६ अर्ब २९ करोड ६० लाख रुपैयाँ पाउने छन् ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved