धरान । भोजपुरका पौवादुङमा गाउपालिकाका १ सय ५० घर परिवारलाई सौर्य बत्ती प्रदान नगरिएको छ ।
सोमबार बसेको कार्यपालिकाको पहिलो निर्णयअनुसार ८० वाट क्षमताका १ सय ५० थान सोलार सेट वितरण गरेको गरेसँगै विद्युतको पहुँच नपुगेका सर्वसाधारणलाई सौर्य बत्ती प्रदान गरिएको हो ।
गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा ४० लाख लागतमा सोलार सेट वितरण गरेको गाउँपालिकाको भनाइ छ । वितरण गरिएका सोलार सेटबाट १० देखि १२ ओटासम्म बत्ति बाल्न सकिने बताइएको छ ।
गाउँपालिकामा विद्युत् विस्तार भइरहेको भएपनि तत्काललाई विद्युत् सेवाबाट वञ्चित रहेका विपन्न परिवारलाई लक्षित गरेर सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
पहिलो र दोस्रो निर्वाँचनबाट निर्वाचित अधयक्ष राईले विपन्न परिवारका लागि गाउँपालिकाले धेरै काम गर्दै आएको बताए । उनले भने– ‘बर्षौदेखि विजुलीका पहुँच पुगेका सर्वसाधारणलाई हामीले सोलार वितरण गरेका छौँ । विगतका वर्षमा पनि हामीले गरिब तथा विपन्न परिवारलाई सोलार दिँदै आएका छौँ।’