भलिवल प्रतियोगित हुने

  • जेठ १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सात बर्षदेखि लगातार भलिवल प्रतियोगताको आयोजना गर्दै आएको बाझगरा युवा क्लब धरान १५ ले यस बर्ष पनि निरन्तता दिएको छ ।

कोरोना संक्रमणका कारण प्रभावित बनेको प्रतियोगिता यस बर्ष भने गर्ने भएको हो । आयोजक बाझगरा युवा क्लबका अनुसार सातौ बाझगरा खुल्ला पुरुष महिला तथा पुरुष तथा अन्तर जिल्ला भेट्रान भलिबल कप असार पहिलो साता हुने भएको हो ।

आइतवार पत्रकार सम्मेलन गर्दै असार २ देखि ४ गते सम्म प्रतियोगिता आयोजना हुन लागेको हो ।

आयोजक समितिका अध्यक्ष कर्ण केदेमका अनुसार खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार, दोस्रो हुनेलाई ६१ हजार प्रमाणपत्र र ट्रफी पाउने छ्न भने खुल्ला महिला भलिबल तर्फ प्रथम हुनेलाई ३० हजार र दोस्रो हुनेले २० हजार मेड्ल ट्रफी र प्रमाणपत्र पाउने छ्न । यसैगरी अन्तर जिल्ला स्तरीय भेट्रन भलिबल तर्फ प्रथम हुनेलाई ५१ हजार र दोस्रो हुनेलाई ३१ हजार मेड्ल ट्रफी प्रदा गरिनेछ ।

केदेमका अनुसार भलिबल प्रतियोगिता भरी व्यक्तिगत बिधा तर्फ बेस्ट डिफेन्स, बेस्ट सटर ,बेस्ट ब्लकर, बेस्ट सर्भर,बेस्ट स्पाईकर र सर्बोत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

६ लाखको लागत लाग्ने भनिएको प्रतियोगितामा खुल्ला पुरुष भलिबल प्रतियोगितामा २ हजार ५सय , महिला प्रतियोगीहरुले १ हजार ५सय र भेट्रान तर्फ १ हजार ५ सय ईन्ट्री फि लाग्ने अध्यक्ष केदेमले बताए ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved