धरान । दोस्रो स्थानीय तहको निर्वाचनमा गठबन्धन र एमालेलाई पछि जित हात पारेका स्वतन्त्रका उमेद्वार हर्क साम्पाङले पाँच बर्षभित्र धरानेलाई कोशीबाट पानी ल्याएर खुवाउने बताएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय धरानले निर्वाचित भएको घोषणा भएलगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै साम्पाङले धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्यामा केन्द्रित हुने र पाच बर्षभित्रमा कोशीबाट नै पानी ल्याएर खुवाउने दाबी गरेका हुन् । उनले भने–‘म राजनीतिक दलबाट आएको होइन, म सामाजिक अभियन्ताको रुपमा लिने गरेको छु, मैले प्रतिबद्धता गरेको कुरा पूरा गरिन् भने म धरान छोड्छु भनेर घोषणा गरिसकेको छु, पाँच बर्षभित्रमा धरानेहरुलाई कोशीबाट पानी ल्याएर खुवाउछु ।
उनले विगतका निर्वाचित पदाधिकारीहरु जनताले तिरेको करमा एसीमा बस्ने नजाने बताए । उनले जनताको करलाई अधिकत्तम विकासका कार्यमा लगाउने प्रतिबद्धता जनाए । उनले भने–‘मेरो अभियान नै भ्रष्टाचार, विकृति र विसंगतिको अन्त्य हो, विगतदेखि नै यही अभियान लिएर निरन्तर लागिरहेको छु, मैले कार्यभार सम्हालेपछि कार्यालयमा भन्दा बढी बाहिर फिल्डमा हुन्छु, जनताको राय सल्लाह लिन्छु, सोही अनुरुप सबैसँग छलफल र सहकार्य गरेर अगाडि बढ्छु ।’
यता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट उपमेयरमा विजय प्राप्त गरेका आइन्द्रविक्रम बेघाले प्रमुख पदमा स्वतन्त्र उमेद्वारले जिते पनि काम गर्न कुनै कठिनाई नहुने बताए । भएपनि केही फरक नपर्ने बताउदै धरानको विकासमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिक्रिया दिए । उनले भने–‘ उहा पनि धरानका सर्वसाधारणको काम गर्ने भनेर आउनुभएको हो भने म पनि त्यही उद्देश्य बोकेर आएको हु, धरानको विकासमा कर्ससँग कुनै कम्प्राइज हुदैन सबैसँग सहकार्य गरेर काम गर्र्छाै, त्यसमा दुई मत छैन ।
यता गठबन्धनका उमेद्वारबाट पराजय भोग्नु भएका नेपाली काँग्रेसका मेयरका उमेद्वार किशोर राईले दलहरुप्रति जनताको अविश्वास बढेकै कारण स्वतन्त्र उमेद्वारले जित हात पारेको बताउदै यसबाट दलहरुलाई ठूलो पाठ सिक्नुपर्ने बताए । उनले दलहरुले मुख्य एजेन्डा बोकेर नआएसम्म दलहरुले नजित्ने धरानमा स्वतन्त्र उमेद्वारको जित भएको बताए । उनले भने–‘धराने जनताले दलहरुलाई अविश्वास गरेर स्वतन्त्र उमेदवारलाई जिताएका हुन्, यसबाट दलहरुले पाठ सिक्नुपर्छ ।’