मेयर कप बास्केटबल : वडा १८ र १७ विजयी

  • वैशाख ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा जारी मेयर कप वडा स्तरीय बास्केटबल प्रतियोगिताको दोश्रो दिन २ वटा खेल सम्पन्न भएको छ ।

बुधबार भएको पहिलो खेलमा वडा नं १८ ले वडा नं ११ लाई ४६ का विरुद्ध ५२ अंक जोड्दै जित हासिल गरेको छ । वडा नं ११ ले प्रत्येक क्वाटर ८–२३–९–६ अंक जोड्दा वडा नं १८ ले १९–७–१२–१४ अंक जोडेको थियो । वडा १८ ले यो जित सँगै सेमिफाइनलमा प्रवेश गरेको छ । १८ ले विकेन चौधरीले व्यक्तिगत २१ अंक जोड्दै म्यान अफ द म्याच भए । उनले नगद एक हजार रुपैया सहित मेडल प्राप्त गरे ।

बुधबार नै भएको दोश्रो खेलमा वडा नं १७ ले २९–२२–१४–१७ गरि ८२ अंक जोड्दा वडा नं ५ ले ६–७–८–८ गरि २९ अंक मात्र जोड्न सफल भएको थियो । वडा नं १७ विजयी हुँदै सेमिफाईनल खेलमा वडा नं १८ सँग प्रतिस्पर्धा गर्नेछ । खेलका व्यक्तिगत सर्वाधिक ३० स्कोर धरान १७ का सुजन राईले गरे भने खेलका म्यान अफ द म्याच वडा नं १७ का सबिन राई बने । उनलाई जिल्ला बास्केटबल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदीले नगद एक हजार सहित मेडल प्रदान गरे । विहिबार हुने खेल वडा नं ८ का विरुद्ध वडा नं १४ र वडा नं १५ का विरुद्ध वडा नं १९ बिच हुने भएको छ ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved