वडा स्तरीय फुटसल प्रतियोगिता हुने

  • वैशाख ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा अन्तर वडा स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । धरान भेट्रान फुटबल क्लबको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा यही बैशाख ८ र ९ गते फुटसल प्रतियोगिता हुने भएको हो ।

धरान ८ स्थित हाम्रो फुटसलमा हुने प्रतियोगिताको विजेतालाई १ लाख ३१ हजार र उपविजेतालाई ६१ हजार नगद पुरस्कार दिइने प्रतियोगिता संयोजक रवि राईले जानकारी दिए । प्रत्येक टोलीमा २ जना अफिसियल सहित १२ जना रहने आयोजकले जनाएको छ । धरानमा पहिलो पटक सेभेन साइज फुटसल कोर्टमा वडा स्तरीय प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागी हुन सम्बन्धीत वडाकै खेलाडी हुनुपर्ने अनिवार्य शर्त रहेको पनि आयोजकले जनाएको छ ।

प्रतियोगिता संयोजक रवि राईका अनुसार धरानलाई फुटसल खेलाडी उत्पादनका निम्ति वडा स्तरीय प्रतियोगिता गर्न लागिएको हो । उनले भने, ‘हामीले पोखरामा सम्पन्न राष्ट्रिय फुटसल प्रतियोगितामा तेस्रो भएको भन्दै फुटसल खेलमा धरानको सम्भावना राम्रो रहेको छ ।’

प्रतियोगिताको तयारी तिब्र गतिमा भइरहेको र विभिन्न वडाले टिम दर्ता गर्ने प्रकृया चलिरहेको पनि आयोजकले जानकारी दिएको छ । छोटो तयारीमा प्रतियोगिता सम्पन्न गर्न लागिएको भए पनि खेलाडीहरुले चासो दिएकोले प्रतियोगिता सफल हुने पनि आयोजकले विश्वास लिएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved