नोबेलमा सुरु भयो खेलकुद उत्सव

  • वैशाख ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना गरेका हुन् ।

कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले पानसमा बत्ती बालेर खेलकुद उत्सव उद्घाटन गरेका छन् । कार्यक्रममा प्रिन्सिपल डा. घिमिरे, नर्सिङ डाइरेक्टर निलम झा, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा. निरञ्जन कुमार र डा. दिपेन्द्र नौलखाले स्वस्थ जीवनका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुँने भन्दै खेलकुद उत्सव सफलताको शुभकामना दिए ।

सात दिनसम्म सञ्चालन हुँने फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवड्डी, ब्याडमिन्टन, टेबलटेनिस, टगअफवार, चेस, लुडो क्यारेम र म्याराथुन खेल हुनेछन् । त्यस्तै पब्जी, फिफा र मिनिमिलेसिया जस्ता अनलाइन खेल हुनेछन् । यता, महिलातर्फ क्रिक्सल र फुटसल खेलाइने आयोजकले जनाएको छ । कार्यक्रममा हाडजोर्नी विभागका प्रमुख डा.उदयचन्द्र चौधरीले खेलकुद उत्सवको सहयोगार्थ नगद पाँच हजार सहयोग प्रदान गरेका छन् ।

नोबेलका विद्यार्थीहरुले हरेक बर्ष स्पोर्टस फियस्टा गर्दै आएका छन् । नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved