हाम्रो धरान भेट्रान फुटबल कप सुरु

  • वैशाख ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा शनिबारदेखि हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ ।

शनिबार भएको उद्घाटन खेलमा लेटाङ भेट्रान लेटाङले मिल्स भेट्रान विराटनगरलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ । लेटाङका तर्फबाट प्रकाश थापाले २ गोल गरे भने भुवनसिंह राईले एक गोल गरेका थिए । पहिलो हाफमा ३–० ले पछि परेको मिल्स भेट्रानले दोस्रो हाफमा २ गोल फर्काएको थियो । मिल्स भेट्रानका लागी विजयकुमार भुजेल र प्रकाशचन्द्र राईले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच लेटाङका बिमल गुरुङ घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै शनिबारनै भएको दोस्रो खेलमा जनता भेट्रान इटहरीलाई १–० गोल अन्तरले पराजित गर्दै दुधे भेट्रान झापा क्वाटर फाइनलमा प्रवेश गरेको छ । दुधेकालागी भीम सिटौलाले गोल गरेका थिए । इटहरी भेट्रानले खेलमा पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीमा गोल गर्न नसक्दा इटहरीले हार बेहो¥यो । खेलको म्यान अफ द म्याच दुधेका मनोज नाल्बो घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

भोली पहिलो खेलमा आयोजक हाम्रो धरान भेट्रान र डाडाबजार भेट्रान बीच १ः३० बजे धरान रंगशालामा खेल हुनेछ भने दोस्रो खेलमा दमक लखनपुर भेट्रान र भरौल भेट्रानबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ४० वर्ष माथी उमेर समुहका खेलाडी सहभागी छन् भने ३८ वर्षका ३ जनालाई पनि समावेश गराउन पाउने नियम छ । प्रतियोगिताको विजेतालाई नगद ८० हजार र उपविजेतालाई नगद ४० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved