धरान । सुनसरीको बराहक्षेत्रको पर्यटक तान्ने अर्को माध्यम चतरादेखि भोजपुरसम्म चल्ने पानी बोट नै हो । बोट सञ्चालन हुदा यस क्षेत्रमको बराहक्षेत्र खण्डमा मात्र ८० भन्दा बढी टेम्पो, २० भन्दा बढी होटल व्यसायीको रोजीरोटी चलेको छ भने भोजपुर खण्डमा झण्डै ४० भन्दा बढी ल्याण्डरोवरको जीविकोपार्जन भएको छ ।
अरुलाई रोजगारी प्रदान गर्ने बोट सञ्चालक कमाई नभएको भन्दै स्थानीय सरकारको कर नै तिर्दैनन् । जलक्षेत्रको पर्यटन प्रवद्र्धन गर्न कोशीमा चलाइएको बोटबाट अहिलेसम्म बोट सञ्चालकले कर नतिरेको नगरपालिकाले बताउने गरेको छ ।
यस विषयमा कार्यपालिका बैठकमा समेत छलफल भयो तर समस्या कहिल्यै सुल्झेन । बोटका सम्बन्धमा कार्यपालिकाको वैठकबाट कार्यविधि बनाउने भने पनि अझै बन्न नसक्दा उपमहानगरपालिकाले कर उठाउन नसकेको उपमेयर मगर बताउछिन् । उनले बोट सञ्चालक जिम्मेबार नहुदा दुर्घृटनाको जिम्मा कस्ले लिने भन्ने सम्बन्धमा अन्यौलता रहेका बताइन् । उनी भन्छिन्–‘बोट मर्मत सम्भारमा समस्या छ, सुरक्षा चुनौति छ भन्ने जवाफ दिएकोले बोट सञ्चालकलाई करको दायरामा ल्याउन सकिएको छैन ।’
सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहको कोशी नदीमा सञ्चालन भएको सो बोटबाट भोजपुर लगायत अन्य स्थानबाट दैनिक आवातजावत गर्ने गर्छन् । भोजपुर सिम्लेसम्मको एकतर्फी प्रतिव्यक्ति भाडा ६ सय तोएिको छ भन सिम्मेबाट चतरासम्मको ५ सय पुगेको छ । यति हुदा पनि उपमहानगरपालिकालाई कर नतिर्नुको कारण बोट विग्रिदा प्राविधिक र सामान भारतबाट ल्याउनुपर्ने र सञ्चालनमा सुरक्षा नभएकोले कर नतिरेको बताउछन् । स्थानीय सरकारकै जनप्रतिनिधिले जबरजस्ती मान्छे लैजा भन्ने भाडा नदिने, अरुलाई पनि पैसा बाड्नुपर्ने लगायतका कुराहरुलाई स्थानीय सरकारले निराकरण नगरिदिएकोले आफूहरुले कर नतिरेको व्यवसायी बताउछन् । सुरक्षा लगायत यी कुराहरुको प्रत्याभूति भएमा कर तिर्ने उनीहरु बताउ“छन् । कोरोना महामारीका समयमा धरासय बनेको पर्यटन व्यवसाय ठप्प भएको बेला कसैले सहयोग नगरेको उनीहरु बताउछन् । ‘स्थानीय सरकारले सुरक्षा लगायतका कुरामा सहयोग गरेकै छैन, स्थानीय जनप्रतिनिधिले नै जबरजस्ती हाम्रा्े मान्छे लैजा भनेर लगे् पनि भाडा भने दि“दैनन्’ सञ्चालक विमाल मान श्रेष्ठले गुनासो पोखे ।
‘बोटले समस्या दिन्छ, सामान विग्रियो भने हामीले सिंगापुदेखि ल्याउदा महंगो पर्छ, कोरोना संक्रमणले यो व्यवसाय पनि केही समय चलेन । सञ्चालन गर्न नै कठिन भएपछि कर तिर्न नसकेका हौ ।’ अर्का व्यवसायी दिनेश पौडेलले बताए ।
जल पर्यटनको माध्यमबाट कोशीलाई अन्य पर्यटनसंग जोड्न सञ्चालन भएको बोट व्यवसायी र स्थानीय सरकारबीच तालमेल नमिल्दा जल पर्यटनमा बराहक्षेत्र नगरपालिकाले सोचेजस्तो उपलब्धी हासिल गर्न सकेको छैन । निर्वाचनका समयमा राजनीतिक दलको घोषणापत्रमा प्राथमिकतामा राखको जल पर्यटनको प्रवद्र्धनमा व्यवसायी र उपमहानगरपालिका हातेमालो गरेर जानुबाहेक अर्को विकल्प छैन ।