बढ्दो विनियम दरका कारण उपभोग्य वस्तुको मुल्य वृद्धि

  • चैत १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अन्तराष्ट्रिय बजारमा बढ्दै गएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि सहित रुस र युक्रेन बिचको युद्धले बढ्दो विनियम दरका कारण उपभोग्य वस्तुको मुल्य वृद्धि भएकाले नेपालमा पनि मुल्य निरन्तर उकालो लागेको उद्योग संगठन मोरङले जनाएको छ ।

वढ्दो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामाग्री, निर्माण सामाग्री लगायतको अन्य वस्तुको मुल्य निरन्तर उकालो लागिरहेको संगठनको भनाई छ । खानेतेल उत्पादन गर्ने उद्योगहरुको मुख्य कच्चा पदार्थका रुपमा रहेको क्रुड सोयावीन तेल, क्रुड सनफलावर तेल, क्रुड पाम आयल र तोरिको दाना ब्राजिल, अर्जेन्टिना, क्यानाडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुमा मुल्य वृद्धि भएकाले उत्पादन लागत पनि निरन्तर वृद्धि भइरहेको उनीहरुको भनाई छ । संगठनले सोमबार विज्ञप्ती जारी गर्दै जनवरी २०२२ मा यु. एस. डलर १५ सय २५ मा प्रति मेट्रिक टनमा आयात भईरहेकोमा तेलका कच्चा पदार्थहरु अहिले यु.एस. डलर २१ सय २५ सम्म खर्च गर्नुपरिरहेको बताएका छन् । त्यस्तै ईन्धनमा भईरहेको मुल्य वृद्धिले तेश्रो मुलुक देखि उद्योग परिसरसम्मको ढुवानी भाडाका साथै वढदो वैंक व्याज दरले पनि उद्योगहरुको वस्तु उत्पादन लागत निरन्तर वृद्धि भईरहेको जनाएको छ ।

देशका अधिकांश स्वदेशी उद्योगहरु विदेशी कच्चा पदार्थनिर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मुल्यमा उतार चढाव आउँदा त्यसको प्रत्यक्ष प्रभाव स्वदेशी उद्योगको उत्पादनमा पर्ने गरेको विज्ञप्तीमा जनाएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘कच्चा पदार्थको आयातमा वढ्दो लजिस्टिक कष्ट, व्याजदरमा भईरहेको वृद्धि, चालु पू“जीको अभावबाट उत्पादनमूलक उद्योगहरुमा सिर्जित समस्या र हरेक क्षेत्रलाई महगाईले पिरोलेको समयमा केवल एक क्ष्ँेत्रलाई मात्र दोषारोपण गर्नु न्यासंगत देखिदैन ।’

अन्तर्राष्ट्रिय अभ्यासहरुमा बजारमा वस्तुको मुल्य वृद्धि भएको अवस्थामा आम उपभोक्तालाई राहत दिन सरकारले कच्चा पदार्थ लगायत उत्पादनको क्रममा प्रयोग हुने वस्तुमा लगाउदै आएको करमा कटौति गर्न उद्यागीहरुले आग्रह गरेका छन् । आमउपभोक्तालाई राहत दिने प्रचलन भएकाले विश्वको हालको वदलिदो परिस्थितीलाई मध्यनजर गरी स्थिती सहज नहुन्जेलसम्म सोही अनुरुपको अभ्यासलाई कार्यान्वयनमा ल्याउनु पर्ने उनीहरुको माग छ ।
वर्तमान असहज अवस्था, विभिन्न कठिनाई र विदेशी वस्तुका साथ प्रतिष्पर्धाका वावजुद स्वदेशी बजारको आवश्यकता पूर्ति गर्ने भावका साथ उत्पादनलाई निरन्तरता दिई आपूर्ति श्रृखलालाई सन्तुलनमा राख्न सहयोग पु¥याउदै उद्योग व्यवसायका साथै आम उपभोक्तालाई समेत राहत दिने नीति तत्काल अवलम्वन गर्न सरकार समक्ष आग्रह गरेका छन् ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved