मिल्स क्रिकेट प्रतियोगिता : एमसिसी ‘ए’ क्लब सेमिफाइनलमा

  • फागुन २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगितामा एमसिसी ‘ए’ क्रिकेट क्बल विराटनगर सेमिफाइनलमा पुगेको छ ।

मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटको खेल मैदानमा बिहीबार भएको खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई दुई विकेटले हराउँदै एमसिसी ‘ए’ सेमिफाइनलमा पुगेको हो ।

जितसँगै पहिलो सेमिफाइनल खेलमा एमसिसी ‘ए’ ले शुक्रबार पूर्वाञ्चल क्रिकेट क्बलसँग प्रतिस्पर्धा गर्नेछ ।

टस जितेर ब्याटिङ गरेको होराइजनले १७ दशमलप ५ बलमा सबै विकेट गुमाउँदै १२८ रनको योगफल खडा गरेको थियो । जसमा होराइजनका मिनस थापाले ३२ बलमा ५१ रन बनाए र चिराग साहले २४ बलमा २० रन जोडे । राष्ट्रिय खेलाडी होराइजनका दिपेश कर्डेलले ४ विकेट र फिरदोस अन्सारीले २ विकेट लिए ।

१२९ रनको बिजय लक्ष्य पछ्याएको एमसिसी ‘ए’ ले १६ दशमलप ५ ओभरमा ८ विकेटको क्षतिमा सो लक्ष्य पुरा गरेको थियो । एमसीसी ‘ए’ का निशान्त कुमारले २३ बलमा ४४ रन र हासिम अन्सारीले ३८ बलमा ३८ रन जोडे । म्याद अफ म्याच घोषित भएका एमसीसी ए का हासिमको ब्याटबाट पाँच चौका र एक छक्का निस्केको थियो ।

एमसीसी ए का मल्ली चौधरी, अरनीको यादव, मेभुव आलम र भुलाकन सहनीले समान २/२ विकेट लिए ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved