दुई दिनमा पाँच कालोपत्रे सडक उदघाटन

  • फागुन २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वहुवर्षे योजना अन्र्तगतका सडकहरु कालोपत्रे गरि इटहरीमा दुई दिनमा पाँच वटा सडक उदघाटन गरिएको छ ।

बुधबार पूर्व मुख्यमन्त्री तथा प्रदेश नम्वर १ एमाले संसदीय दलका नेता भीम आर्चायले १ सय ४१ वर्ष सम्म वाँचेका नेपालकै जेष्ठ नागरिक वीर नारायण माझीको स्मृतिमा इटहरी उपमहानगरपालिकाले निर्माण गरेको वडा नम्वर १० र ११ जोडने वीरनारायण माझी मार्ग उदघाटन गरे ।

बुधबार नै वडा नम्वर १० टावर देखि आमझोकी सम्मको करिव ८ किलोमिटर सडक उदघाटन गरेका हुन् । र्नुभयो । मंगलबार आर्चायले वडा नम्वर १८ वडहरा देखि वडा नम्वर २० को तरहरा जोडने सडक ६ दशमलव १ किलोमिटर सडक, वडा नम्वर १७ को व्रम्हपुरदेखि वडा नम्वर १९ मझौरा सम्मको ३ दशमलव ८२ किलोमिटर सडक र वडा नम्वर १ र ५ जोडने १ दशमलव २ नमूना सडकको उदघाटन गरेका थिए ।

प्रमुख अतिथि आर्चायले इटहरीले वाटो घाटो लगायत भौतिक पूर्वाधारमा राम्रै फड्को मारेको वताए । उनले द्वारिकलाल चौधरी नेतृत्वको इटहरीका जनप्रतिनिधिले विकास निर्माणका गरेका कार्यको प्रशंसा गरे । कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश सांसद लिलम वस्नेतले इटहरीले पाँच वर्षमा विकासको छलाङ्ग मारेको बताए ।

इटहरी उपमहानगरका प्रमुख चौधरीले एक वर्षको वजेटले मात्र काम नहुने देखेर गाँउ गाँउका जनता सँग छलफल गरेर तीन वर्षको वजेट जोहो गरि वहुवर्षे सडक निर्माण गरिएको जानकारी दिए । ४२ किलोमिटर वाहिरी चक्रपथ निर्माणका लागि पहल गरिदिन पूर्वमुख्यमन्त्री आर्चाय सँग आग्रह गरे । मंगलबार भएको कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षमा जनताको आधारभूत तहको आवश्यकता सम्वोधन गर्ने गरि विकास गरिएको वताईन । उनले जनताको अनुहारमा खुशीयाली ल्याउँछौ भनेर गरिएको प्रतिवद्धता पूरा भएको वताईन ।

प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले गाँउ गाँउमा वनेका सडकले जनताको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास ब्यक्त गरे । छुटटाछुटटै पाँच ठाँउमा भएका उदघाटन कार्यक्रममा इटहरीका वडाध्यक्षहरु प्रकाश चौधरी, रुपेश चौधरी, रामकुमार चौधरी श्री नारायण चौधरी, कल्याण कार्की, मणिराम श्रेष्ठ,कार्यवाहक वडाध्यक्ष निश्चल पोखरेल लगायतले गाँउ गाँउमा सडक पुगेपछि जनताले उपमहानगरवासी भएको अनुभूत गर्न पाएको वताए ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved