हिसान स्पोर्टस् मिट २०७८: बास्केटबलको पहिलो चरणको पाँच खेल सम्पन्न

  • पुस १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । हिसान स्पोर्टस् मिट २०७८ अन्तर्गत धरानमा विहिबार देखि सुरु भएको बास्केटबल खेलको पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।
खेल धरान–१८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो । उद्घाटन खेलमा हिमालयन स्कुलले लोटस स्कुललाई २१–१५ को स्कोरमा पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच हिमालयनका योगेश राई घोषित भए । त्यस्तै दोस्रो खेलमा एम्स एकेडेमीले विष्णु मेमोरियल स्कुललाई ३१–१५ को फराकिलो अन्तरमा पराजित गरेको थियो ।

खेलको म्यान अफ द म्याच एम्स एकेडेमीका निशान तामाङ घोषित भए । त्यस्तै गरी प्रतिष्पर्धात्मक खेलमा धरान आदर्श एकेडेमीले डिपो स्कुललाई २७–२५ को स्कोरमा पराजित ग¥यो । खेलको म्यान अफ द म्याच धरान आदर्शका मोहित गुरुङ घोषित भए । प्रतियोगिता अन्तर्गत भएको चौथो खेलमा समिट स्कुलले विश्व आदर्शलाई २१–१८ को स्कोरमा पराजित गरेको छ । खेलको म्यान अफ द म्याच समिट स्कुलका रिदम भुजेल घोषित भए ।

अन्तिम खेलमा हिमालयन स्कुलले सियोन स्कुललाई २१–१५ को स्कोरमा पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच हिमालयनका गगन राई घोषित भए । विजयी भएका टिमहरु सबै सेमिफाइनलमा प्रवेश गरेका छन् । भोली हुने पहिलो सेमिफाइनलमा हिमालयन स्कुल र धरान आदर्श स्कुल प्रतिष्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनलमा एम्स एकेडेमी र समिट स्कुलले प्रतिष्पर्धा गर्ने हिसान स्पोर्टस् मिट बास्केटबल खेल व्यवस्थापक विकास चाम्लिङ राईले जानकारी दिए ।

भोली नै बास्केटबलको महिला तर्फको खेल समेत हुने भएको छ । डिपो स्कुल धरानको बास्केटबल कोर्टमा हुने पहिलो खेलमा हिमालयन स्कुल र विष्णु मेमोरियल स्कुलले खेल्नेछन् भने दोस्रो खेलमा धरान आदर्श स्कुल र डिपो स्कुलले प्रतिष्पर्धा गर्नेछन् । विहान ७ बजेदेखि खेल सुरुहुने खेल व्यवस्थापक राईले जानकारी दिएका छन् । बास्केटबलको फाइनल खेल शनिबार हुनेछ ।
बास्केटबल खेलको उद्घाटन समारोहमा नेपाल बास्केटबल संघका उपाध्यक्ष सुरजकुमार लामा, जिल्ला बास्केटबल संघका अध्यक्ष नारायणप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोहको अध्यक्षता हिसान स्पोर्टस् मिट २०७८ का संयोजक सागर भट्टराईले गरेका थिए ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved