क्यानले कार्वाही गरेको खेलाडीहरुका साथमा नेपाली ‘सेलीब्रेटी’

  • पुस ४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेपाली क्रिकेट टोलीका क्याप्टेन ज्ञानेन्द्र मल्ल सहित ४ जनालाई नेपाल क्रिकेट संघ (क्यान)ले कार्वाही गरे सगैँ नेपाली सामाजिक सञ्जाल अहिले क्यानको निर्णय विरुद्ध देखिएको छ ।

क्यान भित्र रहेको बेथितिको विषयमा आवाज उठाएकै भरमा खेलाडीहरु कार्वाही गरिएको प्रति धेरैजनाले क्यानको निर्णय विरुद्ध समाजिक सञ्जालमा आफ्नो विचार राख्ने क्रम बढ्दो छ ।
खेल क्षेत्रमा मात्र नभइ विभिन्न क्षेत्रमा आवद्ध व्यक्तीहरुले अहिले सामाजिक सञ्जालमा आफ्नो धारण राखेका छन् ।

नेपाली राष्ट्रीय फुटबल टिमका कप्तान किरण कुमार लिम्बू (चेम्जोङ)ले समेत आफ्नो फेसबुक मार्फत खेल क्षेत्रमा राजनिति नगर्न आग्रह गरेका छन् ।

त्यस्तै, कलकारद्वय प्रमोद खरेल र दयाहाङ राईले समेत क्यान निर्णय प्रति आफ्नो धारण व्यक्त गरेका छन् । दयाहाङले कार्वाहीमा परेका खेलाडीले जारी गरेका विज्ञप्ती राख्दै आफूलाई चित्त नबुझेको भन्दै “मलाई त चित्त बुझेको छैन भने खेलाडीहरूलाई झन् कसरी चित्त बुझ्ला। मेरो समर्थन जहिले खेलाडीहरूलाई ।” लेखेका छन् ।
त्यस्तै, गायक प्रमोद खरेलले ट्विटरमार्फत क्रिकेट विवाद चाडै टुंग्याउन आग्रह गरेका छन् । उनले महत्तवपूर्ण प्रतियोगिताहरु नजिकै आइरहेकाले एक ढिक्का भएर खेल्न र खेलाडीहरुलाई खेल्न वातावरण मिलाउन आग्रह समेत गरेका छन् ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved