‘शिक्षामा प्याब्सनको योगदान छ’

  • पुस ४, २०७८
  • "कोशीपत्र संवाददाता"
alt

इलाम/ संविधान सभाका अध्यक्ष तथा इलाम क्षेत्र नं २ का सांसद सुवास नेम्बाङले निजी तथा आवासीय विद्यालय प्याब्सनले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको बताएका छन् ।
निजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल इलामको नवौं जिल्ला अधिवेसनको उद्घाटनमा नेम्बाङले प्याब्सनले पढाईमा मात्र नभएर विभिन्न क्रियाकलापमा पनि सिकाएको भन्दै उनले पहिले हामि पढ्दा विद्यालय खोज्दै जानुपर्नेमा अहिले विद्यालय रोज्दै पढ्न पाउने अवश्था आएको बताए ।

प्याब्सनले हजारौलाई रोजगारी शिर्जना गर्नुका साथै लाखौ विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिएको भन्दै प्याब्सनका समस्या समाधानमा सँधै आफू लागिरहने बताए । उनले भने, ‘पहिले सरकारी विद्यालय पनि पर्याप्त थिएन, र अध्ययनको लागि धेरै विद्यार्थी विदेश जानुपरेको अवश्था थियो, अहिले पढाईका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।’ आफू पढ्दा इलाममा एउटा मात्र हाईस्कुल भएको र दुख गरेर पढेको भन्दै नेम्बाङले अहिले निजी विद्यालय मात्र २१ वटा रहेको हुँदा पहिलेको जस्तो दुख नरहने बताए ।

कार्यक्रममा प्याब्सनले लामो समयदेखि संस्थागत बिद्यालयमा रहेका तीनजना शिक्षक शिक्षिकालाई सम्मान गरेको छ । ३१ बर्षदेखि नजी बिद्यालयमा कार्यरत ज्योती सदन बोडिङ स्कूलका शिक्षक सूर्य खवास, २८ बर्षदेखि कार्यरत सूर्योदय शिक्षा सदनका शिक्षक पदम राई र २३ बर्षदेखि कार्यारत ग्रिनभ्यालि एकाडेमीकि शिक्षिका चन्द्रा प्रधान रञ्जितकारलाई सम्मान गरेको हो ।

यस्तै प्याब्सनको उत्कृष्ट नगर कार्यसमितिको रुपमा देउमाई नगर कार्यसमिति र प्याब्सनमा आबद्ध उत्कृष्ट निजी बिद्यालयको रुपमा सन्दकपुर गाउँपालिका ३ को माईपाखरी एकाडेमिलाई प्रशंसापत्र प्रदान गरिएको छ । जिल्लामा एकसय १८ वटा निजी बिद्यालय भएपनि ९३ वटा बिद्यालय मात्र प्याब्सन इलाममा आबद्ध रहेको छ । ती बिद्यालयमा २० हजारको हाराहारीमा बिद्यार्थी र २ हजारको हाराहारीमा शिक्षक कर्मचारी रहेको बताइएको छ । प्याब्सनले प्रकाशन गरेको ‘प्याब्सन रिभ्यू इलाम’ नामक स्मारीकाको पनि बिमोचन गरिएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved