प्रथम वराह नकआउट फुटवल : सप्तकोशीको बिजयी शुरुवात

  • मंसिर २४, २०७८
  • "संगम बिष्ट"
alt

बराहक्षेत्र/ प्रथम वराह नकआउट फुटबल प्रतियोगिताको उदघाटन खेलमा सप्तकोसी फुटबल क्लब देविघाट बिजयी भएको छ ।
वराहक्षेत्र २ स्थित स्थानीय बाईस बिघे खेल मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत चतरा फुटवल क्लव चतरालाई २–१ को अन्तरले पराजित गर्दै सप्तकोसी फुटवल क्लव प्रतियोगिताको अघिल्लो चतरणमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिको हाफको २६ औं मिनेटमा सप्तकोसीले अग्रता लिएको थियो । सप्तकोसीका लागि भिम बिकले पहिलो गोल गरेका थिए भने पहिलो हाफकै ३० औं मिनेटमा सप्तकोसीले पुनः गोल गर्दै चतरा बिरुद्ध २–० ले अग्रता लिएको थियो । दोस्रो गोल राम शाहीले गरेका थिए ।

दोस्रो हाफको २६ औं मिनेटमा चतराका राम शाहीले एक गोल गर्दै २–१ को अन्तर बनाएको थिए । चतराका शाही खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईले नगद २ हजार सहित ट्रफि प्रदान गरे ।

हाटखोला फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको उदघाटन प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शुक्रवारको खेल हाटखोला फुटबल क्लव निलो र एभरेस्ट फुटबल क्लव नडाहका बिच हुनेछ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved