बराहक्षेत्र/ प्रथम वराह नकआउट फुटबल प्रतियोगिताको उदघाटन खेलमा सप्तकोसी फुटबल क्लब देविघाट बिजयी भएको छ ।
वराहक्षेत्र २ स्थित स्थानीय बाईस बिघे खेल मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत चतरा फुटवल क्लव चतरालाई २–१ को अन्तरले पराजित गर्दै सप्तकोसी फुटवल क्लव प्रतियोगिताको अघिल्लो चतरणमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिको हाफको २६ औं मिनेटमा सप्तकोसीले अग्रता लिएको थियो । सप्तकोसीका लागि भिम बिकले पहिलो गोल गरेका थिए भने पहिलो हाफकै ३० औं मिनेटमा सप्तकोसीले पुनः गोल गर्दै चतरा बिरुद्ध २–० ले अग्रता लिएको थियो । दोस्रो गोल राम शाहीले गरेका थिए ।
दोस्रो हाफको २६ औं मिनेटमा चतराका राम शाहीले एक गोल गर्दै २–१ को अन्तर बनाएको थिए । चतराका शाही खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईले नगद २ हजार सहित ट्रफि प्रदान गरे ।
हाटखोला फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको उदघाटन प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शुक्रवारको खेल हाटखोला फुटबल क्लव निलो र एभरेस्ट फुटबल क्लव नडाहका बिच हुनेछ ।