बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा प्रथम वराह नकआउट क्लव स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । हाटखोटा फुटवल क्लबको आयोजनामा प्रथम वराह नकआउट फुटबल प्रतियोगिता हुने भएको हो ।
मसिंर २३ गते देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल चतरा फुटबल क्लब चतरा र सप्तकोसी फुटबल क्लब देविघाट बिच हुने आयोजकले जानकारी दिएको छ । आयोजक क्लबका सचिव रोहित साहका अनुसार प्रतियोगितामा सुनसरी जिल्लाका १० वटा फुटबल क्लवले सहभागिता जनाउने छन् ।
आयोजक हाटखोला रातो, आयोजक निलो, राजावास फुटवल क्लव राजावास, चतरा फुटबल क्लब चतरा, सप्तकोसी फुटवल क्लव देबिघाट, ग्रिन कल्चर फुटवल क्लब चक्रघट्टि, पञ्चकन्या फुटबल क्लब बक्लौरी, एभरेस्ट फुटबल क्लब नडाहा, वराह युथ क्लब तित्रिगाछि, पटनाली फुटवल क्लव धरानले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार, दोस्रो ३१ हजार रहेको छ । चतरा स्थित सरोवर रेष्ट्रोमा आयोजक हाटखोला फुटबल क्लबका अध्यक्ष विकास सुनुवार राईको अध्यक्षतामा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतियोगिता बारे जानकारी दिइएको थियो ।
प्रतियोगिताको कुल खर्च करिब ८ लाख आकलन गरिएको छ । नाईन साइजमा हुने प्रतियोगितामा उत्कृष्ट गोलकिपर, खेलाडी, हाईस्कोरर, डिफेन्डर लगायत विद्याका पुरस्कार प्रदान गरिने अध्यक्ष बिकास सुनुवारले जानकारी दिए । पौष ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा स्थानीय वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूले सहयोग रहने सचिव साहले बताए । प्रतियोगितामा हालसम्म प्रायोजन चतरा सामुदायिक वहुउदेश्य सहकारी चतरा र आदर्श सामुदायिक वन उपभोक्ता
समितिले गर्नेछन् ।