ग्लोबल आईएमई बैंकद्वारा उद्योग वाणिज्य महासंघका सदस्यलाई ब्याज दरमा छुटको सुविधा

  • साउन ३२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र ग्लोबल आइएमइ बैंकबीच बैकिंग सुविधाका विषयमा समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।

महासंघका तर्फबाट अध्यक्ष टिकाराज ढकाल र बैंकका तर्फबाट प्रदेश प्रमुख सुवास सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र एक आपसमा हस्तान्तरण गरेका छन् । विशेषगरी बैंकको पहुंच नभएको साना व्यवसायी, नयाँ लगानी गर्ने युवा व्यवसायी, अपांगता भएका व्यक्तिहरु लगायतलाई प्राथमिकतामा राखी बैंकले दिने सेवा सुविधाका सम्वन्धमा सहमति भएको महासंघले जनाएको छ ।

बैंकले कर्जा र दुबै पक्षीबच कर्जा सुिवधा र अन्य सहुलियत सुविधाहरुमा सम्झौता भएको हो । जसअनुसार व्यवसायी सदस्यहरुलाई लिखित सिफारिससहित वित्तीय विवरण र आवश्यक कागजातहरु मूल्याङ्कन गरीे लिखित निवेदन तथा कार्ययोजना अनुसार उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्न आवश्यक बैंकिंग सुविधा र कर्जा रकम माग गरेमा प्रचलित ऐन कानूनको पालना गरी प्रथम पक्षले छिटो र छरितो रुपले कर्जा प्रदान गर्ने । यसको निमित्त नेपाल राष्ट्र बैंकले प्रदान गर्ने विभित्र सहुलियतपुर्ण कर्जा,पुनरकर्जाहरु आदि योग्यताको आधारमा उपलब्ध गराउने गरी प्रथम पक्ष बैंकले आवश्यक सहयोग गर्ने ।

महासंघसंग आबद्ध भएका व्यवसायी सदस्यहरुलाई लिखित सिफारिसको आधारमा चलन चल्तीको ब्याजदरमा ०.५० प्रतिशत प्रिमियम छुट दिन सकिने र यसरी ब्याज दर कायम गर्दा बैंकको वेस रेट मा न्युनतम १ प्रतिशत प्रिमियम थप गरी हुन आउने ब्याजदर कायम गरिने सम्झौतमा उल्लेख छ । साथै प्रशासनिक सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ ।

महासंघमा आबद्ध भएका महिलार एकल महिलाहरुलाइ नेपाल सरकारले प्रदान गर्ने विभित्र सहुलियतपुर्ण कर्जा आदि योग्यता र प्रचलित ऐन कानूनको आधारमा उपलब्ध गराउने गरी प्रथम पक्ष बैंकले आवश्यक सहयोग गर्ने र अपाङ्गता भएका व्यवसायी सदस्यहरुलाई लिखित सिफारिसको आधारमा चलन चल्तीको ब्याजदरमा १ प्रतिशत प्रिमियम छुट र प्रशासनिक सेवा शुल्कमा ०.५० प्रतिशत छुट दिन सकिने, यसरी अपाङ्गता भएका व्यवसायी सदस्यहरुलाई ब्याज दर कायम गर्दा बैंकको वेस रेट मा न्युनतम १ प्रतिशत प्रिमियम थप गरी हुन आउने ब्याजदर कायम गरिने,विदेशी विनिमय दरमा प्रति अमेरिकी डलर १० पैसााको अतिरिक्त सटहीसुविधा दिने । अमेरिकी डलरभन्दा अन्य परिवत्र्य विदेशी मुद्रामासोही अनुपात अनुसारको विनियम दरमा सुविधा दिने समझदारी भएको छ ।

उल्लेखित कर्जाको निमित्त आवश्यक पूर्ण कागजात सहित आवेदन दिएको वढीमा ५ कार्यदिन भित्र स्वीकृति दिने व्यवस्था गर्ने सम्झौता भएको महासंघ १ नम्बर प्रदेशले जनाएको छ ।

व्यवसायीलाई विभिन्न सीप÷ज्ञान विकास तालिमहरु अनलाइनमाध्यमहरु तथा अनसाइट आयोजना गर्न प्रथम पक्षले आवश्यक सहयोग प्रदान गर्ने, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत हुनसक्ने कार्यक्रमहरु उचित देखिएको खण्डमा संयुक्त रुपमा आयोजना गर्न महासंघलाई आवश्यक सहयोग गर्ने, फर्म, कम्पनी तथा त्यसकापदाधिकारीहरुलाई आवश्यकतानुसार क्युआर कोड, पी.ओ.एस. मेशिन, लकर सुविधा,डेबिट, क्रेडिट कार्ड, मोबाइल स्मार्ट र इन्टरनेट बैंकिंग सेवा सुलभ ढंगले उपलव्ध गराउने, बैंकिङ्ग सेवा सुविधाको निमित्त नेपाल राष्ट्र बैंक लगायत अन्य सरकारी गैर सरकारी निकायमा नीति निर्माणको लागि पहल गर्न महासंघलाई सघाउने, (फर्म कम्पनीका कर्मचारीहरुको व्यक्तिगत खाता खोली तलब खाता कायम गर्ने, डेबिट, क्रेडिट कार्ड लकर सुविधा एवं मोबाइल स्मार्ट र इन्टरनेट पहिलो वर्ष निःशुल्क उपलब्ध गराउने, तथा व्यक्तिगत कर्जा, घरकर्जा आदिमा विशेष सुविधा दिने सम्झौता पत्रमा उल्लेख छ ।

महासंघले उक्त समझदारी अनुसार आफ्ना सदस्य व्यवसायीहरुलाई बैंकसंग कारोवार गर्न प्राथमिकता दिने गरी प्रोत्साहित गर्ने, व्यवसायीहरुले लिएको ऋण कर्जा तथा बैंकिङ्ग कारोबार सुविधाको तिर्नु बुझाउनु पर्ने रकम कलम नतिरी नबुझाई शर्त कबुलियतको उल्लंघन गरेमा सो रकम असुल उपर गर्न आवश्यक सहयोग गर्ने, व्यवसायी सदस्यहरुलाई प्रथम पक्ष बैंकबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी गराउन आवश्यक कार्य गर्ने र महासंघले नियमित रुपमा बैंकसंग सहकार्य गर्नको निमित्त सूचनाहरु तथा ग्राहकहरुको विवरण आदान प्रदान सहमति भएको महासंघ १ नम्बर प्रदेशका निर्देशक श्याम भण्डारीले जानकारी दिए ।

सोमबार भएको कार्यक्रममा महासंघका केन्द्रिय सदस्य एवं प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, केन्द्रिय सदस्य एवं प्रदेश महासंघका सल्लाहकार अविनाश बोहरा, उपाध्यक्ष भीम पौडेललगायत सहभागी थिए । त्यस अववसमरा बैंकका प्रदेश प्रमुख सुवास सापकोटाले प्रदेश नं. १ मा रहेका ग्लोवल आइएमइ बैंकका सबै शाखाहरुबाट यो सुविधा उपलव्ध गराउने बताए ।

 

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved