देउमाई नपाको ८५ करोड ५६ लाख बजेट पारित

  • असार ६, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ इलामको देउमाई नगरपालिकाको नगरसभाले ८५ करोड ५६ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । शनिबार बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट तथा नीति कार्यक्रम पारित गरेको हो ।

नगरपालिकाले आम्दानी तर्फ सशर्त अनुदानमा ३५ करोड पाँच लाख ४१ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै समानिकण अनुदानमा एक करोड ३२ लाख ९२ हजार रुपैयाँ, विषेश अनुदानमा एक करोड ८२ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । त्यस्तै राजश्व बाँडफाडबाट नौ करोड १२ लाख ७० हजार रुपैयाँ, आन्तरिक श्रोतबाट २३ करोड १४ लाख ४२ हजार रुपैयाँ र नगद मौज्दातबाट ७५ लाख ९६ हजा रुपैयाँ आम्दानी हुने नगरपालिकाको अनुमान छ ।

नगरपालिकाले पूर्वाधार विकासमा २३ करोड ५८ लाख पाँच हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै सामाजिक विकासमा ३४ करोड ६९ लाख ६७ हजार रुपैयाँ, आर्थिक विकासमा ११ करोड ६ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ । नगरसभाले कार्यालय सञ्चालन प्रशासनिक तथा संस्थागत सेवा प्रवाह र सुशासनमा १६ करोड २१ लाख ७१ हजार रुपैयाँ विनियोजन भएको बजेट पारित गरेको हो । नगरपालिकाले चालु तर्फका कार्यक्रममा ४५ करोड ५० लाख सात हजार र पूँजिगत तर्फको कार्यक्रममा ४० करोड ६ लाख ६२ हजार रुपैयाँ रकम विनियोजन गरेको हो ।

नगरपालिकाले सामाजिक सुरक्षाका पूराना कार्यक्रमले समेत निरन्तरता पाएका छन् । शुरुमा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेपछि देउमाई नगरपालिकाले चर्चा कमाएको थियो । पछि मानिसको जन्ममा दाहासंस्कारको लागि र जन्ममा बाल पोषणको लागि समेत रकम उपलब्ध गराएको थियो ।

अविवाहित महिला र तेस्रो लिङ्गीलाई सामाजिक सुरक्षा भत्ता
नगरपालिकाले तेस्रो लिङ्गिलाई समेत मासिक सामाजिक सुरक्षा रकम दिने भएको छ । तस्रो लिङ्गिलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउन बजेट व्यवस्था गरिएको नगर प्रमुख पोख्रेलले बताए । नगर क्षेत्रमा कति जना तेस्रो लिङ्गि भन्ने यकिन तथ्याङ्क छैन ।

त्यस्तै पालिकाले ४५ वर्ष उमेर कटेक अविवाहित महिलालाई समेत मासिक एक हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । ४५ वर्ष उमेर कटेका अविवाहित कति महिला छन भन्ने यकिन छैन । नगरपालिकाले सुविधा उपलब्ध गराउन थालेपछि उनीहरुको संख्या यकिन हुने नगर प्रमुख पोख्रेलले बताए ।
मध्यम अपाङगता भएकालाई मासिक पाँच सय
नगरपालिकाले मध्यम अपाङ्गता (पहेलो कार्ड) भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा रकम उपलब्ध गराउने भएको छ । मध्यम अपाङ्गता भएका व्यक्तिलाई मासिक पाँच सय रुपैयाँका दरले भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको हो । नगर क्षेत्रमा एक सय ४१ जना त्यस्ता अपाङ्गता भएको व्यक्ति रहेको नगरपालिकाले जनाएको छ । संघीय सरकारले पूर्ण अशक्त अपाङ्गता (रातो परिचयपत्र) भएका व्यक्ति र अति अशक्त अपाङ्गता (निलो परिचयपत्र) भएका व्यक्तिलाई मासिक सामाजिक सुरक्षा भत्ता उपलब्ध गरादै आएको छ । संघीय सरकारले सामाजिक सुरक्षा रकम उपलब्ध नगराउने अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाहमा सहयोग गर्नको लागि सामाजिक सुरक्षा भत्ता दिने भएको हो ।

कर्मचारीको न्युनतम तलव १५ हजार
देउमाई नगरपालिकाले कर्मचारीको न्युनतम तलव १५ हजार रुपैयाँ कायम गरेको छ । संघीय सरकारले बालविकास केन्द्र सहजकर्तालाई मासिक १५ हजार तलव दिने घोषणा गरेपछि नगरपालिकाले विद्यालय कर्मचारी र अन्य कर्मचारीको न्युनतम तलव १५ हजार रुपैयाँ कायम गरेको हो । संघीय सरकारको घोषणापछि अन्य विद्यालय कर्मचारीको तलब सहजबर्ता तलवभन्दा कम भएको थियो ।

कर्मचारीहरु बिचको तलवमा एकरुपता ल्याउन सवैको समान न्युनतम तलव तोकिएको नगर प्रमुख सूर्य पोख्रेलको भनाई छ । ‘विद्यलाय कर्मचारीहरु बिचमानै फरक फरक तलव थियो, सहजकर्ताकोे तलव १५ हजार भएपछि अन्य विद्यालय कर्मचारीको तलव उनीहरुको भन्दा कम भयो’, नगरप्रमुख पोख्रेलले भने,‘तलवमा विभेद नहोस भनेर कर्मचारीको न्युनत तलवमान तोकिएको हो ।’

कोभिडबाट ज्यान गुमाएको परिवारलाई ५० हजार, बिरामीको यातायात खर्च व्यहोर्ने
नगरपालिकाले कोरोना माहामारीका कारण ज्यान गुुमाउनेको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक साहयता उपलब्ध गराउने भएको छ । पालिका क्षेत्रमा हालसम्म तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । नगरपालिकाले कोरोना संक्रमित बिरामीलाई अस्पताल लैजान ल्याउन यातायात खर्च उपलब्ध गराउँदै आएको छ ।

नगरपालिको यस अघि देखिनै एकल पुरुष, दीर्घ रोगीलाई मासिक रुपमा रकम उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले एकल पुरुषलाई मासिक एक हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ । पालिका क्षेत्रका दुईसय ५० पुरुषले मासिक रुपमा त्यस्तो रकम पाउने गरेका छन् । त्यस्तै मृगौला प्रत्यारोपण गरेका व्यक्ति र मुटुको भल्भ फेरेका व्यक्तिले समेत मासिक रुपमा पाँच हजार रुपैयाँ निर्वाह भत्ता पाउने गरेका छन् ।

मृगौलाको प्रत्यारोपण गराएका पाँच र मुटुको भल्भ फेरेका सात जनाले निर्वाह भत्ता लिने गरेको नगरपालिकाले जनाएको छ । त्यस्तै जेष्ठ नागरिकलाई पोशाक खर्च बापत बार्षिक रुपमा दुई हजार रुपैयाँ रकम दिइने गरेको छ । नगरपालिकाले नगर क्षेत्रका व्यक्तिको मृत्यु भएमा काजकिरिया खर्च बापत परिवारलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । त्यस्तै सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत बच्चा जन्माउँदा समेत पाँच हजार रुपैयाँ वितरण गर्ने गरेको छ । दीर्घरोगीलाई उपचारको लागि अस्पताल जानसमेत यातायात खर्च उपलब्ध गराउने गरेको छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved