केन्द्रीय प्रविधि क्याम्पसमा तालाबन्दी

  • जेठ ३१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नियमसंगत भर्ना प्रक्रिया नगरेको भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।
केन्द्रीय प्रविधि क्याम्पसको खाद्य प्रविधि (वि.टेक) भर्ना प्रक्रिया नियमसंगत नभई मनोमानी ढंगले गरेको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् ।

भर्ना प्रक्रियालाई लिएर आन्दोलित भएका विद्यार्थीहरुले संयुक्त रुपमा आन्दोलनलाई निरन्तरता दिने क्रममा आज प्रशासनमा तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय प्रविधि क्याम्पसको खाद्य प्रविधि (वि.टेक) भर्ना प्रक्रियामा देखिएको अनियमिता माथि प्रश्नचिन्ह उठाएका छन् । नेपाल खाद्य प्रविधि विद्यार्थी संघ केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका सभापति विपीन अर्यालले प्रेस विज्ञप्ती प्रकाशित गर्दै विद्यार्थीहरुले आफ्नै प्राप्तांकको आधारमा प्रक्रिया बमोजम भर्ना हुन पाउनुपर्नेमा क्याम्पस प्रशासनले अनियमित रुपमा भित्री रुपमा अर्को सूचना निकाली भर्ना लिइएको जनाएका छन् ।

उनीहरुले क्याम्पसले हरेक सूचना प्रकाशित गर्दा विद्यार्थीहरुले थाहा पाउनुपर्ने अधिकार हुँदा हुँदै पनि सूचनाको हक अधिकारबाट विद्यार्थी बञ्चित भएको उनीहरुको भनाई छ । भर्ना प्रक्रियाको विषयमा चार दिन अगाडि नै संयुक्त रुपमा प्रेस विज्ञप्ती निकालेर प्रशासनलाई ध्यानाकर्षण गराउँदा समेत क्याम्पस प्रशासनले वेवास्ता गरेकाले बाध्य भएर ताला लगाउनुपरेका खाद्य प्रविधि (विटेक) का चौथो बर्षमा अध्ययनर विद्यार्थी पेशलराज कार्कीले बताए ।

क्याम्पसका अध्ययनरत विद्यार्थीहरुको संस्था नेपाल खाद्य प्रविधि विद्यार्थी संघ, नेपाल सुक्ष्मजीव विज्ञान विद्यार्थी समाज, भौगौर्भिक विद्यार्थी समाज, भौतिक विज्ञान विद्यार्थी समाज, नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज, नेपाल प्राविधिक विद्यार्थी समाज लगायत विभिन्न पार्टीका विद्यार्थी भातृ संघसंगठनले लकडाउनको विषम परिस्थितिमा क्याम्पसको भित्तामा टासिएको सूचना कुनै विद्यार्थीको पहुचमा पुग्न नसकेको, अनलाइन मार्फत सूचना प्रकाशित गर्नुपर्नेमा अनियमितता गर्न खोजेको आरोप लगाएका छन् । उनीहरुले यस्ता गतिविधिले विद्यार्थीहरुको भविष्यमाथि आघात पु¥याउने भन्दै अनियमितता गर्नेमाथि कार्वाहीको माग समेत गरेका छन् ।


यता क्याम्पस प्रमुख प्रा.डा. दिलकुमार लिम्बुले भने भर्ना प्रक्रिया विगतकै जस्तो प्रक्रियागत रुपमा गरेको बताए । उनले अगाडि नै भर्ना लिइसक्नुपर्ने भएपनि बन्दाबन्दीमा विद्यार्थीहरुले नै रोकेपछि भर्ना हुन नसकेको बताए ।

भर्ना प्रक्रिया ढिलो गर्दा विद्यार्थीहरुलाई नै अप्ठ्यारो पर्ने भएकोले विगतकै जस्तो सार्वजनिक नामहरु सुचना बोर्डमा टास गरेको बताए । उनले भने, ‘वि.टेकमा ४८ जनाको सिट रहेको छ, ४६ जनको भर्ना भइसकेको छ, बन्दाबन्दीका कारण अझै २ वटा सिट भर्ना हुन बाँकी छ, विद्यार्थीहरु आइपुगेका छैनन्, हामीले समयमै भर्ना प्रक्रियालाई अगाडि बढाएनौ भने विद्यार्थीहरुकै पढाईमा हेम्पर हुने हो ।’

 

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved