लघु चलचित्र तिरस्कार सार्वजनिक

  • जेठ २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / संचारकर्मी सुविन विश्वकर्माको लेखन तथा निर्देशन रहेको लघुचलचित्र ‘तिरस्कार’ रिलिज भएकोछ । जातीय विभेद तथा अन्तरजातीय प्रेमको कथालाई मुख्य आधार मानेर तयार भएको ‘तिरस्कार’ लाई विश्वकर्माकै युटुब च्यानल सुबिन विश्वकर्मा लुते युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

जातीय विभेदका विरुद्धमा कुनै न कुनै तवरबाट आवाज उठाइरहेका विश्वकर्माको यो चलचित्र डेव्यु निर्देशन् हो । जातीय विभेद तथा अन्तरजातीय प्रेममा आधारित ‘तिरस्कार’ ले हाम्रो समाजमा अन्तरजातीय प्रेम र विवाहमा आइपर्ने समस्या र चुनौती गज्जवले प्रस्तुत गरिएको छ । ‘तिरस्कार’ को कथा मार्फत केही मात्रामा भएनी अन्तरजातीय प्रेमलाई प्रोत्साहन मिल्ने विश्वकर्माको दावी छ ।

सदाबहार मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा बराहक्षेत्र ७ का युवा व्यबसायी सुरज राईको निर्माण ,राकेश राईको छायांकन ,आदम लिम्बु को सम्पादन र मेनुका प्रधान, पल्लवी परियार, मिलन विश्वकर्मा, अवियोग राई, छबिना मगर, गणेश राउत, विक्रम कर्ण, रोहिता भट्टराई, सुरक्षा कार्की, ललिता प्रधान, बिनोद रसाइली(जुरेली), लक्ष्मण खनाल, सुरेश कार्कीढोली लगायतका कलाकारको मूख्य भूमिका रहेकोछ । चलचित्रमा संगिता मेडिकल हल तथा सुनौलो फार्मेसी, दलित सेवा संघ उपशाखा बराहक्षेत्र, विनायक कृषि सहकारी संस्था लि।, दर्पण अर्गानिक कृषि रिसर्च सेन्टर र कालिन्द्रा सामुदायिक वनको विशेष सहयोग रहेको निर्देशक सुबिन विश्वकर्माले जानकारी दिए ।

बर्षेनी बाढीको त्रास ...

धरान/ सर्दुखोला आसपासका टोलबासीहरू बाढीको जोखिम कम ...

कविता: सुख्खा खहरेमा ...

लगाउ अट्टाहासबजाउ तालीचिथोरेर तिमिलेमल्हम लागाउदैमाघाउ ...

इटहरीमा टिभिएस एक्सच ...

इटहरी/  नेपालका लागि टिभिएस ब्रान्डको आधिकारि ...

धरानमा कोटीहोम महायज ...

धरान/ प्राणी जगतको कल्याण गर्ने एवम् वैद्धिक सनातन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved