सुनसरी । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोडको अनुमानित बजेट विनियोजन गरेको छ ।
आज अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गर्दै कुल बजेटको ४१ दशमलव २ प्रतिशतले हुने ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैया चालु तर्फ खर्च विनियोजन गरेको छ भने पुँजिगततर्फ २२ दशमलव ७ प्रतिशतले हुने ३ खर्ब ४७ अर्ब २६ करोड रुपैया विनियोजन गरेको छ ।
त्यस्तै वित्तिय व्यवस्था तर्फ कुल बजेटको १२ दशमलव ६ प्रतिशत २ खर्ब ७ अर्ब ९७ करोड रुपैया विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए ।
प्रदेश र स्थानीय तहमा वित्तिय हस्तान्तरण तर्फ रु. ३ खर्ब ८६ अर्ब ७१ करोड २३ दशमलव ५ प्रतिशत रहेको छ भने वित्तिय हस्तान्तरण तर्फ विनियोजित बजेट मध्ये चालु खर्चमा समानीकरण अनुदान सहित ३ खर्ब २५ अर्ब ७४ करोड अर्थात ८४ दशमलव २ प्रतिशत रहेको छ । पुँजीगत तर्फ रु. ६० अर्ब ९७ करोड अर्थात १५ दशमलव ८ प्रतिशत रहेको छ ।
आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च विवरण स्रोत मध्ये राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैया संकलन हुने अनुमान गरिएको छ भने वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोडको अनुमान छ ।
राजस्व संकलन र वैदेशिक अनुदानबाट व्यहोर्ने र त्यसबाट समेत अपुग ५ खर्ब ५९ अर्ब ३० न्यून हुने देखिएकाले त्यसमा थप ३ खर्ब ९ अर्ब २९ करोड ऋण लिने सरकारले योजना बनाएको छ ।