धरानका बैंक तथा वित्तिय संस्था हप्ताको तिन दिन खुल्ने

  • जेठ १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । एक साता देखि प्रत्यक्ष सेवा प्रवाह बन्द गरिएका धरानका बैंक तथा वित्तिय संस्थाहरुले भोलि देखि हप्ताको तिन दिन सम्म सेवा दिन पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले तेस्रो चरणको जेठ २२ गते सम्म पुर्ण रुपमा लकडाउनको घोषणा गरे पनि धरान उपमहानगरपालिकाले बैंक तथा वित्तिय संस्थालाई मात्रै खुल्ला गर्ने निर्णय गरेको छ ।

धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत गणेश प्रसाद खतिवडाले सुचना जारी गर्दै हप्तामो ३ दिन २ बजे सम्म खुल्न पाउने गरिको व्यवस्थापन गर्न बताएका छन् ।

उनले भने, ‘सरकारले तोकेको स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु पुरा गर्दै बैंक तथा वित्तिय संस्थाहरुले सेवाग्राहीहरुलाई प्रत्यक्ष सेवा प्रवाह गर्ने व्यवस्था गर्न सुचित गरेका छौं, कुन दिन खोल्न भन्ने चाही बैंक तथा वित्तिय संस्थाले नै निर्धारण गर्नेछन् ।’ उनले सहकारीहरुबाट पनि प्रत्यक्ष सेवा प्रवाह गर्न सकिने बताए ।

प्रत्यक्ष सेवा बन्द भए पनि एटिएम सेवा, मोबाइल बैंकिङ लगायतहरु भने खुल्ला थिए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved