सुनसरी । टिभिएस कम्पनीको एबीएस र स्मार्ट कनेक्ट फिचर सहितको आपाचे आरटीआर १६० सार्वजनिक भएको छ ।
देशै भर एकै साथ लन्च भएको आपाचे आरटीआर १६० सुनसरीको इटहरीमा पनि सार्वजनिक गरिएको छ । इटहरीको आधिकारिक बिक्रेता पारस अटो मोबाइल्सले पनि बिक्री थालेको पारस अटो मोबाइल्सका निर्देशक लिला लुइँटेलले बताए । अपाचे आरटीआर १६० फोर भिमाएबीएस र स्मार्ट कनेक्ट फिचर थप गर्दै कम्पनीले सार्वजनिक गरेको हो । टीभीएसको आपाचे आरटीआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रुपमा बिक्री वितरण हुँदै आएको छ ।
यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने स्मार्ट कनेक्ट र एबीएस थप भएको छ । यो सँगै विभिन्न ५ भेरियन्टमा आपाचे आरटीआर १६० फोर भि ग्राहकले खरिद गर्न सक्ने छन् ।
नयाँ मोटरसाइकल सार्वजनिक गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भने, ‘हामीले ग्राहकको चाहना र बजेट अनुसारको मोटरसाइकल ल्याएका छौं, एउटै मोटरसाइकलमा २ लाख ७३ हजार देखि ३ लाख ६ हजार सम्मको रेञ्जमा यी मोटरसाइकल उपलब्ध हुने छन् ।’ ग्राहकलाई आफ्नो बजेट, आवश्यकता र फिचर अनुसारको मोडल छनोट गर्न सहयोग पुग्ने विश्वास लिएको उनले बताए ।
१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’ मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ ।
चालकले आफ्नो मोवाइलएप मार्फत मोटरसाइकलको कन्सोल सँग कनेक्ट गर्न सक्ने छन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोवाइलमा हुने कल तथा एसएमएस गतिविधि हेर्न सकिने छ । कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहने छ । त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको छ । यो विशेषत रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो ।चालकले यसमा टप स्पीड मोडको प्रयोगबाट आफ्नो उच्चगति रेकर्ड गर्न सक्ने छन् । चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पीड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिदा उक्त टप स्पीड डिस्प्लेमा देखिने छ ।
यस अघि बिक्री गर्दै आएको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९ सय रुपैयाँ रहेको थियो भने नयाँ सार्वजनिक भएको एबीएस र स्मार्ट कनेक्ट सहितको आरटीआर १६० फोर भिको मूल्य ३ लाख ५ हजार ९ सय रुपैया कायम गरिएको छ । जगदम्बा मोटर्स प्रालिको देशभर रहेका १ सय भन्दा बढी सेल्स, सर्भिस र स्पेयर्स पार्टसको सेवा दिने सेन्टरहरुबाट नयाँ मोटरसाइकल बिक्रीको लागि राखिएको छ ।