नेपाली भुमिमा लगाइएको धानबालीमा आएको भारतिय भैंसी खेदाउदा भारतियको कुटपिटबाट नेपालीको मृत्यु

  • भदौ २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाली भुमिमा लगाइएको धानबालीमा भारतिय सिमाबाट छिरेको  भैंसी धपाउन जादा भारतियको कुटाइबाट नेपालिको मृत्यु भएको छ ।

 सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ कटैया दशगजामा भारतीयको कुटाईबाट घाइते भएका३५ बर्षीय नेपाली नागरिक रामदेव यादवको भदौ २१ गते मृत्यु भएको हो । घाइते भएका रामदेबको उपचारका क्रममा धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । 

प्रहरीका अनुसार भदौ ६ गते भएको घटनामा भारत बिहारको मधुबनी जिल्लाको करियौत गामपञ्चायत ८ का १९ बर्षीय प्रदिप चौधरी, २० बर्षीय देवगोरा यादव र १८ बर्षीय सरोज यादवले रामदेवको धानबालीमा भैसी चराएका थिए ।

रामदेवले भैसी धपाउन जादा तीनै जना भारतीय मिलेर बाँसको लाठीले कुटपिट गरेका थिए । मृतक रामदेवलाई कुटपिट गर्ने भारतीय प्रदिप यादवलाई प्रहरीले नियन्त्रणमा लिएर म्याद थप गर्नुका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

धरानको एम्स कलेज,किन ...

धरान/ धरान उमहानगरपालिका वडा नम्बर १२ स्थित चतराला ...

विद्यार्थी–अभिभावकको ...

धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्या ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved