बेलबारीका १ सय १ परिवारले पाए नयाँ घर

  • भदौ १९, २०७७
  • " उत्तम पोख्रेल "
alt

 बेलबारी/ मोरङको बेलबारी नगरपालिकाले असहाय, एकल, दलित तथा पिछडा वर्गहरुका लागि १ सय १ वटा घर बनाइ दिएको छ । कमजोर आर्थिक अवस्था भएका नगरभित्र बस्ने नागरिकहरुका लागि नगरपालिकाले पूर्ण रुपमा निःशुल्क घर तयार गरिदिएको हो ।बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले घरहरु निर्माण गरिदिएको हो । नगरभित्रका४ वटा वडाहरु वडा नं. ३, ४,१० र ११ मा घरहरु निर्माण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

नगर प्रुमख सुवेदीका अनुसार वडा नं. ३ मा ४०, वडा नं. ४ मा २०, वडा नं. ११ मा ४० र वडा नंं १० मा १ गरि जम्मा १ सय १ वटा घरहरु निर्माण भएका हुन् । नगरपालिकाले घरहरु निःशुल्क निर्माण गरिदिएपछि वडाबासी हर्षित भएका छन् । `पहिला बासका भाटा टाटी प्रयोग गरेर बनाएको घरमा बस्ने गरेकी थिए´ ४ कि सिता राइले भनिन `अहिले चिटिक्क परेको घरमा बस्न पाएको छु । उनि १५ दिन देखी नगरपालिकाले बनाइ दिएको घरमा बसेका छौ ।´

प्रत्येक घरमा बरण्डा र तीन वटा कोठा र गाढा निलो रङको टिनको छानो लगाइएको छ । `हामीले यति राम्रो घर बस्न पाउछौ जस्तो लागेको थिएन, अहिले भने हाम्रो देशमा सरकार छ भन्ने लाग्यो´ बेलबारी ४कै असित राईले भने `नगरपालिकाले हाम्रा लागि ठुलो सहयोग गर्यो । ´ प्रतिघर नगरपालिकाको १ लाख ५० हजार तथा सहारा नेपाल र ह्याविटेड नेपालको १ लाख गरि जम्मा २ लाख ५० हजार रुपैयाँमा घर बनाई दिइको नगर प्रमुख सुवेदीले बताए ।

धरानको एम्स कलेज,किन ...

धरान/ धरान उमहानगरपालिका वडा नम्बर १२ स्थित चतराला ...

विद्यार्थी–अभिभावकको ...

धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्या ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved