धरान । गत मंगलबार सवारी दुर्घटनामा परि ज्यान गुमाएकी वृद्ध महिलाको पहिचान खुलेको छ । उनी मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ की ८१ वर्षि लक्ष्मीमाया तामाङ रहेको खुलेको हो ।
उनलाई मंगलबार राती करिब साढे ७ बजेको समयमा धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस अघि मोटरसाइकलले ठक्कर दिएको थियो । को ८ प ९३०२ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंगलबार रातीनै मृत्यु भएको थियो ।
मृत्तकलाई उनका छोरा चन्द्र बहादुर तामाङले सनाखत गरि शव बुझिलिएको प्रहरीले जनाएको छ ।
सवारी चालक र सवारी प्रहरीको नियन्त्रणमा रहेको छ ।