काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले ओपीडी निःशुल्क गरेको छ । अस्पतालले यसअघि प्रति बिरामी १ सय रुपैयाँ ओपीडी शुल्क लिने गरेको थियो । तर, बिहीबारबाट लागू हुने गरी ओपीडी निःशुल्क गरिएको अस्पतालले जनाएको छ ।
विराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अध्यक्षको कार्यभार सम्हालेपछि पहिलो निर्णय नै ओपीडी निःशुल्क गर्ने गरिएको बताएका छन । शर्माले भने,“बिरामीहरुलाई उपचारमा सहुलियत होस भनेर ओपडी निशुल्क गर्न निर्णय गरेका हौं ।”काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटबाट कलेजको अस्पताल सेवा सञ्चालन भईरहेको छ । दुवाकोटमा पनि ओपीडी निशुल्क हुने शर्माले जानकारी दिएका छन ।
सामान्य अवस्थामा अस्पतालमा दैनिक करिब १ हजार २ सय बिरामी काठमाडौ मेडिकल कलेज पुग्ने गरेका थिए । अहिले भने २ सय हाराहारी बिरामीको उपचारको लागि पुग्ने गरेको बताइएको छ ।