इटहरी । लामो समय देखिको लकडाउनको कारण शैक्षिक क्षेत्र देखि बिकाशका कार्यक्रमहरू सम्म प्रभावित बनेको इटहरीमा ब्यापार व्यवसाय पनि चौपट बनेको छ । बिगत ५ महिना देखि शहर ठप्प हुदा ठुला ब्यवसायीहरू प्रत्यक्ष मार्कामा परेका छन । अहिले ब्यबसायीहरुमा बैंकको किस्ता , सटर भाडा , साहुको रिण जस्ता समस्याहरू मुख्य समस्या र चुनौती बनेको छ । अहिले इटहरीमा महंगो सटर लिएर व्यबसाय सुरू गरेका ब्यापारीहरू भाडा तिर्न समस्या भएको भन्दै धमाधम ठाउ खाली गर्न थालेका छन । इटहरीको संगित चौकमा मात्रै आधा दर्जन बढी महंगा सटरहरू खाली भएका छन । लकडाउनका कारण सबै ब्यबसाय बन्द भएपछि भाडा तिर्न समस्या भएको भन्दै ब्यापारिक सटरहरू अहिले खाली भएका हुन ।
इटहरी संगित चौक संगै पूर्व लाइन स्थित आइसिनेमा भवनमा अवस्थित आधा दर्जन ब्यवसायीहरूले सटर खालि गरिसकेका छन । इटहरी संगित चौकमा कपडा व्यवसायी गर्दै आएका सुमन खतिवडाले सटरको भाडा तिर्न नसकेपछि ठाउ खाली गरेको बताए । उनले मासिक २५ हजार भाडा भएपनि ब्यवसाय चलेको बेला तिर्दै आएको तर अहिले लकडाउन भएपछि कमाइ शुन्य बनिदिदा भाडा तिर्न नसकेकोले कोठा खाली गरेर अन्यत्रै जानुपरेको बताए ।
त्यस्तै इटहरी जनता गल्लीकि कस्मेटिकको होलसेल ब्यवसाय गर्दै आएकी सर्मिला भट्टराइले पनि सटरको भाडा तिर्न नसकेपछि ब्यवसायलाइ अन्यत्रै सार्नु परेको बताइन । ५ महिना लकडाउन हुदा सटर धनीले २ महिनाको भाडा छुट गरेको भएपनि बैंकले अहिले सम्म ताकेता गरिरहेको उनको भनाइ छ ।
मासिक २० हजार भाडा तिरेर ब्यवसाय सञ्चालन गर्दै आएकि भट्टराइले भनिन् `पसल सुचारू हुदा घर परिवार देखि बैंकको किस्ता र बचत गर्न सम्म पुगेको थियो तर ५ महिना लकडाउनले पसल ठप्प हुदा कमाइ सुन्य बनिदिदा हाल सटर भाडा तिर्ने नसकेको र पसल नै अन्यत्र सार्न बाध्य भएको छौ ।´ लकडाउनकै कारण अहिले इटहरीमा धेरै जसोले रोजगारी गुमाएका छन भने दैनिकि पनि लथालिङ्ग भएको छ ।
इटहरी उपमहानगर र उद्योग वाणिज्य संघले लकडाउन अवधि भरको ब्याज मिनाहा गर्न र घर भाडा छुट गराइदिन सम्बन्धित बैंक र घर मालिकहरू संग समन्वय गरिदिए ब्यवसायीहरूलाइ थोरै भएपनि राहत पुग्ने इटहरीका ब्यवसायीहरूको भनाइ छ । यता इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीसंगले ब्यवसायीहरूको माग प्रति इटहरी सरकारले चासो देखाउदै सम्बन्धित निकाय सम्म पुगेर कुरा राखिसकेको बताए ।
इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम पौडेलले पनि ब्यवसायीहरूको मागलाइ ध्यानमा राख्दै घरमालिकहरू समक्ष कम्तिमा दुइ महिना सम्मको भाडा नलिन अनुरोध गरे अनुसार अहिले इटहरीमा भाडा छुट भएको बताए । त्यस्तै बैंकमा पनि सहकार्य गर्ने क्रम जारी रहेको अध्यक्ष पौडेलको भनाइ छ ।