लिंग उत्तेजित हुदैन ? यसो गर्नुहोस्

  • भदौ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

प्रायः पुरुषले कुनै न कुनै बेला भोग्ने गरेको समस्या हो, ‘इरेक्टायल डाइफङ्गसन’ अर्थात लिंग उत्तेजित नहुने समस्या । यसलाई चिकित्सकहरु (ED) भन्ने गर्छन ।

यौन आजमात्र हैन सृष्टिकाल देखिनै शरिरको महत्वपुर्ण जैविक आवश्यक्ताका रुपमा मानिदै आएको छ । यो मानसिक स्वास्थ्यसँग सम्बन्धित हुने भएकाले ब्यक्तिको सोच विचार र ब्यबाहारले पनि यसको फिलिंस तथा आवश्यक्ता मा केही घटबढ हुन सक्तछ । चिकित्सा विज्ञानले भनेको छ यौन चाहाना नहुनु पनी रोग हो भने धेरै हुनुपनि रोग हो । यसलाई सधै सन्तुलित अबस्थामा राख्नु पर्ने हुन्छ ।

आजकाल भने नेपालका मात्र विश्व भरिने नै पुरुषहरुमा एउटा समस्या देखिएको छ लिंग उत्तेजित नहुने समस्या अर्थात ‘इरेक्टायल डाइफङ्गसन’ ।

तर यौन इच्छा हुँदाहुँदै पनि लिंग उत्तेजित नहुने समस्याले गर्दा धेरैको यौन जीवन सुखद हुन सकेको छैन । यसले गर्दा श्रीमान–श्रीमती तथा प्रेमीहरुबिचको सम्बन्धमा तनाव आउने गरेको छ । यो समस्या लम्बिँदै गएमा सम्बन्ध टुट्ने सम्मका घटनाहरु घटिरहेका छन् ।

पुरुषहरुमा सबैभन्दा बढी देखिने गरेको यो यौन समस्या लाज तथा आफूमा रहेको समस्या बताउँदा अरुले नराम्रो दृष्टिले हेर्ने भयले अधिकांश पुरुषहरु यसको उपचार खोज्न लजाउँछन। तर यसको उपचारको खोजिमा धेरै पुरषहरु धेरै तिर भौतारीने गरेका छन भने कतिपयले इलिगल औषधीहरु प्रयोग गर्ने गरेका छन् जसले गर्दा समस्या झन जटिल हुने गरेको छ । यस्तो समस्या आउने वित्तैकै विषेशज्ञ चिकित्सकको परामर्श लिनु पर्ने हुन्छ ।तर अहिले त्यसरी परामर्श लिने भन्दापनि समस्या लुकाएर राख्नेको संख्या ठुलो छ । यो समस्या समाधान गर्न सबैभन्दा पहिले गर्ने पर्ने निम्न कार्यहरु छन् । साथै विषेशज्ञ चिकित्सकलाईपनि भेट्नु पर्छ ।

१.चुरोट तथा रक्सी नखाने

२.अश्लिल तस्विर,भिडियो तथा अन्य सामाग्रि नहेर्ने

३.नियमित खाना खाने,खाना खादा ब्यालेन्स मिलाएर खाने

४.नियमित एक्ससाइज तथा योगा गर्ने

५.सकारात्मक कुराहरु सोच्ने तथा पढ्ने

६.यौनसाथीसँग सामिप्यता बढाउने,खुलेर आफ्नो समस्या राख्ने

७.सुत्ने बेलामा दुधमा काजु मिलाएर खाने

८.विहान उठेर लिंकलाई सफा गरेर लुब्रिकेन्ट (यौनकृयामा प्रयोग गरिने) ले हलुका सँग मसाज गर्ने ।

९.पानी प्रशस्त पिउने

आफुले प्ररम्भिक रुपमा यी कार्य सुरु गरे सँग चिकित्सकको सल्लाह लिने ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved