सामुदायिक वन हडपेर कसले बनायो भवन ? वन समिति बेखबर, उपभोक्ता पनि अन्जान

  • भदौ १, २०७७
  • "हिमाल राई"
alt

 वराहक्षेत्र/ वराहक्षेत्र २ स्थित सिंहदेवी मन्दिरदेखि २५,३० मिटर उत्तरमा बयरवन सामुदायिक वन क्षेत्रभित्र पक्की भवन निर्माण गरिएको छ । तर, सो भवन कसले बनायो भन्ने विषय अन्योलमा रहेको छ ।
 
एकदुई दिनमा रातारात बन्न नसक्ने उक्त भवन सामुदायिक वन उपभोक्ता समितिलाई नै थाहा नहुने गरी निर्माण भएपछि सबै चकित परेका छन् । तर, कसैले पनि भवन कसरी निर्माण भयो भन्ने विषयमा आवाज उठाएका छैनन् । वनक्षेत्रभित्र भवन निर्माण हुँदा समेत कसैले सोधिखोजी गरेका छैनन् ।
 
himal 3बयरबन ‌सामुदायिक वन समितिकी कोषाध्यक्ष अम्बिका कार्कीले भवन बनेको बारे आफु र वन समिति अनभिज्ञ भएको बताइन् । इँट, सिमेन्ट, रड र जस्ताको प्रयोग गरी वनक्षेत्रभित्र बरण्डासहितको पक्की भवन निर्माण भएको छ । भवन निर्माणका विषयमा न स्थानीय उपभोक्ता नै बोल्छन् न त समितिका पदाधिकारी नै यस बारे जानकार छन् ।
 
भवन पूर्ण रुपले तयार भएको छ भने विगत केही वर्षदेखि अलपत्र र बेवारिसे अवस्थामा छ । ‘को व्यक्ति, कुन संघसंस्थाले बनाएको हो ? सामुदायिक वनको जग्गा हडपेर के प्रयोजन र उद्देश्यका लागि भौतिक संरचना निर्माण गरेको हो ? वन समितिलाई सोधेर निर्माण गरेको हो कि ? आफूखुसी निर्माण गरेको हो ?
 
himal 1
जग्गा कसले उपलब्ध गराएको हो ? हामी उपभोक्ता नै अन्योलमा छौं ।’ स्थानीय डम्बर कार्कीले भने कार्कीले भवन वनक्षेत्र भित्र अवैध रुपमा बनेको दाबी गरे ।
 
मिलन चोकदेखि सूर्यकुण्ड जाने बाटोको छेउमा रहेको भवन आजसम्म प्रयोगमा आउन सकेको छैन । सामुदायिक वन समितिले पनि यसको आधिकारिता वा प्रयोग गर्ने भन्ने विषयमा केही बोलेको छैन ।
 
‘भवन निर्माणका सम्बन्धमा वन समितिले स्थानीयवासीलाई प्रष्ट पार्नुपर्ने हुन्छ,’ स्थानीय भद्रगोल किरातीले भने, ‘लाखौं मूल्य पर्ने जग्गामा इँट सिमेन्ट र जस्ता पाताले छाएको एक तले भवन केही वर्षदेखि अलपत्र, बेवारिसे अवस्थामा छ यस बारेमा सम्बन्धित निकायले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन आवश्यक छ ।’ भवन बेवारिसे अलपत्र भएपछि उपभोक्ता समितिकै कसैको संलग्नता हो कि भन्ने स्थानीयले आशंका गरेका छन् ।
 
himal 2स्थानिय दिपक तामाङ भन्छन "सामुदायिक वनको आफनो निजी भवन समेत नभएको अवस्थामा वन समितिले उपभोग गर्नुपर्ने माग गरेका छन्" । बयरवन सामुदायिक वन क्षेत्र भित्र यस अघि पनि व्यक्तिगत प्रयोजनका लागि बाँस अन्य वाली लगाउने काम गर्दै आएका थिए । वन क्षेत्र अतिक्रमित गरी जग्गा उपभोग गर्ने काम भइरहँदा पनि वन समिति मुकदर्शक भएर बसेको छ ।
 
स्थानीय उपभोक्ताले वन समितिमा जो सुकै आए पनि वनअतिक्रमणलाई रोक्न नसकेको आरोप लगाउँदै आएका छन् । समाजका जान्ने, बुझ्ने र ठालु भन्नेहरुले नै वन क्षेत्रको जमिन अतिक्रमण गरिरहँदा सामुदायिक वन समिति निरीह बनेको छ।यस वारेमा सोच्न आवश्यक-जरुरी छ।
 

धरानमा जबरजस्ती करणी ...

धरान/ जबरजस्ती करणी (हाडनाता) मुद्दामा लामो समयदेख ...

बुढीगंगामा स्मृति बो ...

विराटनगर/ असार १५ लाई धान दिवसको रूपमा मनाउने परम् ...

मोरङमा सात वर्षीया ब ...

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका&n ...

शैक्षिक गौरवको प्रती ...

धरान/  धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved