बिद्युत प्राधिकरणलाई ध्यानाकर्षण पत्र

  • साउन २६, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, २६ साउन / धनकुटामा बिद्युत अनियमित भएपछि आक्रोशित उपभोक्ताहरुले आज बिद्युत प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

बिद्युत प्राधिकरणको लापरबाहीका कारण बत्ती नियमित नआएको भन्दै आक्रोशित बनेका उपभोक्ताहरुले प्राधिकरणको कार्यालयमा पुगेर बत्ती नियमित गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । नागरिक समाज धनकुटाको अगुवाईमा धनकुटा बसपार्कमा भेला भएका उपभोक्ताहरुले जिरोपईन्टस्थित बिद्युत प्राधिकरणको बितरण केन्द्र पुगेर केन्द्रका प्रमुख दिपकसापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । बत्ती नियमित नआउँदा उपभोक्ताहरु मारमा परेकाले नियमित बत्ती आउने व्यवस्था मिलाउँन माग सहित ध्यानाकर्षण पत्र बुझाईएको नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठले बताए ।

‘अहिले धनकुटामा धेरै समय बत्ती नआउने र आएपछि पनि केही छिनमै गई हाल्ने समस्या छ ।’ श्रेष्ठले भने–‘तीन महिना अघिदेखि सुरु भएको बत्तीको समस्या अझै समाधान नभएपछि प्राधिकरणलाई ध्यानाकर्षण गराएका हौं । अब पनि समस्या समाधान भएन भने कडा कदम चाल्ने योजनामा छौं ।’ प्राधिकरणलाई बुझाईएको ध्यानाकर्षण पत्रमा पनि उपभोक्ताको आवाजलाई बेवास्ता गरेमा कडा अभियान चाल्ने चेतावनी दिईएको छ ।

यता बिद्युत प्राधिकरण वितरण केन्द्र धनकुटाका प्रमुख सापकोटाले धरान–धनकुटाको बिद्युत तार पुरानो तथा क्षमता कम भएकाले र हावाहुरीका कारण बिद्युत लाईनमा क्षति पुगेकाले बिद्युत अनियमित भएको बताए । उनले बिद्युतको आन्तरिक समस्या जतिसक्दो चाँडो समाधान गरेर नियमित बिद्युत आउने वातावरण मिलाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

सुनसरीमा धरानका २ सह ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा धरानस ...

धरानमा जबरजस्ती करणी ...

धरान/ जबरजस्ती करणी (हाडनाता) मुद्दामा लामो समयदेख ...

बुढीगंगामा स्मृति बो ...

विराटनगर/ असार १५ लाई धान दिवसको रूपमा मनाउने परम् ...

मोरङमा सात वर्षीया ब ...

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका&n ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved