धनकुटा बहुमुखी क्याम्पसमा आज तालाबन्दी

  • साउन २५, २०७७
  • "सन्तोष रुचाल "
alt

धनकुटा, २५ साउन / धनकुटा बहुमुखी क्याम्पस धनकुटामा कार्यरत आंशिक प्राध्यापकहरुले क्याम्पसमा आज तालाबन्दी गरेका छन् ।

आंशिक प्राध्यापकहरुलाई करारमा नियुक्ति गर्न माग गर्दै उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । समान कामको समान ज्याला सहित आंशिक प्राध्यापकहरुको दिगो व्यवस्थापन (करार) र पेशागत ग्यारेन्टी गर्नु पर्ने, आंशिक प्राध्यापकसँग भएका सहमति कार्यान्वयन गर्नु पर्ने र विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्नु पर्ने आंशिक प्राध्यापकहरुको माग रहेको छ ।

आंशिक प्राध्यापकहरुले आफुहरुको माग पुरा गर्नको निम्ति पटक–पटक दबाब दिदैं आएका छन् । क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुलाई करार सेवामा नियुक्ति दिन माग गर्दै उनीहरुले २०७६ फागुन ११ गते क्याम्पस प्रमुख होम बहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाएका थिए । त्यस पश्चात् क्याम्पस प्रशासनसँग भएको वार्तामा आंशिक प्राध्यापकहरुको माग सम्बोधन गर्नको लागि त्रिभुवन विश्वविद्यालय जाने सहमति भएको थियो ।

उक्त सहमति पश्चात् आफुहरुको माग सम्बोधनको कुनै पहल नभएपछि बाध्य भएर देशव्यापी आन्दोलनको क्रममा क्याम्पसमा तालाबन्दी गरिएको आंशिक प्राध्यापक समिति धनकुटा बहुमुखी क्याम्पसका सचिव रमेश श्रेष्ठले बताए । धनकुटा बहुमुखी क्याम्पसमा १४ जना आंशिक प्राध्यापकहरु कार्यरत रहेका छन् । धनकुटा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख दिनेश अधिकारीले क्याम्पसमा तालाबन्दी गरिएको स्वीकार गर्दै उनीहरुले राख्दै आएको माग राष्ट्रिय मुद्दा भएकाले क्याम्पसको तर्फबाट सम्भव नभएको बताए ।

 

 
 

 

सुनसरीमा धरानका २ सह ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा धरानस ...

धरानमा जबरजस्ती करणी ...

धरान/ जबरजस्ती करणी (हाडनाता) मुद्दामा लामो समयदेख ...

बुढीगंगामा स्मृति बो ...

विराटनगर/ असार १५ लाई धान दिवसको रूपमा मनाउने परम् ...

मोरङमा सात वर्षीया ब ...

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका&n ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved