साहित्यकार भिम खतिवडा सहित ३ जनालाई अम्बर नेम्बाङ स्रस्टा सम्मान

  • साउन २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । साहित्यकार प्रा. डा. भिम खतिवडा अम्बर नेम्बाङ स्रस्टा सममान बाट पुरस्कृत भएका छन् । कोशिपत्र दैनिकका साहित्यिक बिधाका नियमित स्तम्भकार खतिवडा ५० हजार रुपैया सहित पुरस्कृत भएका हुन् । फाल्गुनन्द गाउँपालिका द्वारा स्थापित पर्यावरण साहित्यका अभियन्ता अम्बर कुमार नेम्बाङ्को स्मृतीमा सम्मान तथा पुरस्कृत गरिएको हो ।

सेहोनाम्लाङ साहित्य समाजको आयोजना र नौलो साहित्यिक बिहान समाज, नेपाल पाँचथरको सहआयोजनामा भएको कार्यक्रममा खतिवडा सहित ४० हजार राशिको अमर नेम्वाङ युवा स्रष्टा पुरस्कारबाट पाँचथरका मधुराज केरुङ र रु.१० हजार राशिको अमर नेम्वाङ नव प्रतिभा प्रोत्साहन पुरस्कारबाट फाल्गुन्द गा.पा. २ कि मञ्जु नेम्वाङ पुरस्कृत तथा सम्मानित भएका छन् । कोभिड १९ को महामारीले सिर्जित लकडाउनले गर्दा विशेष रचना वाचनका लागि निम्त्याएका तीनै जना सर्जकहरु उपस्थित नभए पनि समारोहमा पाँचथरका धेरै स्रष्टाहरूले आ–आफ्ना रचना वाचन समेत गरिएको थियो ।

सेहोनाम्लाङ साहित्य समाजका अध्यक्षको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा लालीगुराँस नगरपालिका, तेह्रथुमका मेयर मुन्धुमविद् अर्जुनबाबु मावुहाङको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि संविधानसभा सदस्य एवं पूर्वमन्त्री साहित्यकार श्रीप्रसाद जवेगु, गाँउपालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङ, उपाध्यक्ष देवित्राकुमारी आङ्देम्वे, प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्री, जनप्रतिनिधि, पार्टी प्रतिनिधि, संघसस्थाका प्रतिनिधि र तेह्रथुम, सुनसरी, झापा, इलाम र पाँचथरका सर्जकहरुको उपस्थिति थियो ।

कार्यक्रममा संविधानसभा सदस्य तथा साहित्यकार श्रीप्रसाद जवेगु, नेपाली काँग्रेस पाँचथरका सभापति तथा साहित्यकार नरेन्द्र केरुङ, नेपाल कम्युनिष्ट पार्टीका केहेरसिँ चेम्जोङ, जनता समाजवादीका पाँचथर अध्यक्ष लक्ष्मण लावती, साहित्कार प्रकाश थाम्सुहाङ, सन्देश सुब्बा, देवेन्द्र सत्याम, गजलकार महेन्द्र विरही, पालिकका प्रशासक अनिल तिखत्री, युगल सुनुवार, समदर्शी काइला, सुरेन्द्र लामिछाने, गायक खड्ग बोहोरा, धनपति कङ्गाललगायतका सर्जकहरुले रचना वाचन र स्व. नेम्वाङको जीवनीको चर्चा तथा सम्मानित व्यक्तिहरुलाई बधाई दिएका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved