इलाममा थप सुरक्षा पोष्ट थपेसँगै सिमाबाट लुकिछिपि आउनेको संख्या छैन

  • साउन २३, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ कोरोना संक्रमण फैलीरहेको बेला नेपाल भारत खुल्ला सिमानाका कारण लुकिछिपि प्रवेश नहोस भनेर लकडाउनको समयमा पनि इलामको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा पोष्ट थपियो । देशमा लकडाउन भएको एक महिना भित्र सीमा क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट राखेपछि लुकिछिपि नेपाल प्रवेस गर्नेको संख्या पाइएको छैन ।

लकडाउन सुरु भएसँगै सात स्थानमा सशस्त्र प्रहरीको टोली राखियो पछि ११ वटा सीमा क्षेत्रमा सुरक्षा पोष्ट राखेपछि सीमाबाट लुकिछिपि आउने र अवैद व्यापार बन्द भएको छ । नेपाल–भारत सिमानाको साढे ५२ किलो मिटर क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको टोली खटाएसँगै सिमाबाट लुकिछिपि आउनेको संख्या ढप्प बनेको हो ।
१५ दिन यता सशस्त्र प्रहरीमा ४६ जनालाई कोरोना संक्रमण पोजेटिभ पाइएपनि सिमानामा खटिएकमा सम्स्या नभएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले बताए ।

उनले भने सिमामा देखिएका पनि क्वारेन्टाइनमा खटिएका हुन । सिमानामा खटिएका हरुलाई सुरक्ष्ति तरीकाले राखेको हुँदा अन्यन्त्र फैलने जोखीम छैन । अहिले जतिपनि देखिएको छ सबै गणमा रहेका हुन उनीहरुमा पनि खतरा भने छैन । केही थप उपचारका लागिगएका छन भने केही उपचार पछि फर्किसकेकाले पनि ठूलो समस्या नभएको न्यौपानेको भनाई छ ।

उनले थपे “अहिले सम्म समुदाय स्तरमा नपुगेको र अव पनि नफैल्योस भनेर थप कडाई गरिरहेका छौँ’ । ‘अहिले जुन ठाउँमा संका छ त्यस ठाउँको पहिचान गरेर परिक्षण गर्ने काम भईरहेको छ । सूरक्षित बन्नको लागी त प्रशासनले कानुनिरुपमा मात्र कडाई गर्ने आफू सुरक्षित बन्नको लागी सर्वसाधारण आफूनै धेरै सुरक्षित बन्नु पर्ने पनि उनको भनाई छ ।

जिल्लालाई थप सुरक्षित बनाउनको लागी कसरी अघि बड्ने भन्ने कुरामा आज बैठख राखेका छौँ बैठकले जे निर्णय गर्छ त्यसै अनुसार अघि बढ्ने पनि उनको भनाई छ” ।

 

पुलिस र डिपोट स्कुल ...

धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रति ...

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved