विराटनगर । विराटनगर महानगरपालिका पन्ध्र दिनका लागि पुनः लकडाउन गरिएको छ ।
नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटीले शनिबार मध्यराति १२ बजेटबाट लागू हुने गरी दुई साताको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
महानगरका मेयर भीम पराजुलीले कोरोनाको संक्रमण समुदायस्तरमा जान थालेकोले नियन्त्रणको लागि लकडाउनमा जाने निर्णय भएको बताएका छन् । उनले भने,“लकडाउन सहज भएसंगै भएको गतिविधिले संक्रमण फैलन सक्ने संभावना बढेर गयो । दुई सातासम्म फेरि लकडाउन गर्ने निर्णयमा पुगेका हौं ।”
विराटनगरमा शुक्रबार पनि १० जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या बढ्दो क्रममा छ । महानगरमा संक्रमितको संख्या १०७ जना पुगिसकेको छ । लकडाउनमा बजार बन्द हुनुका साथै आउजाउ कडाइ जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।