विराटनगर । मोरङको बुढी गंगा गाउँपालिकामा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बसमा सवार तीन जना यात्रु घाइते भएका छन् ।
विराटनगर ईटहरी सडक खण्डमा बिहीवार राति ८ः३० बजे भएको बस दुर्घटनामा परी बस चालकको मृत्यु भएको हो । ईटहरी तर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको बस आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किन गएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटना हुँदा घाईते भएका ४ जनालाई उपचारको लागि टिचिङ अस्पताल गंगा चोक लगिएकोमा उपचारको क्रममा बसका चालक धनकुटाको साँगुरीगढी गाऊँपालिका वडा नमब्र ७ का २९ वर्षीय जोशन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकी तीन जना घाइतेको सोही अस्पताल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।