घरेलु मैदानमा टोटेनह्याम को जित

  • असार १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

एजेन्सी । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटेनह्यामले वेस्टह्याममाथी २-० को जित निकालेको छ ।

इंग्लिस प्रीमियर लिग फुटबलमा टोटेनहामको जितका लागि स्ट्राइकर ह्यरि केनले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा वेस्टहामका मिडफिल्डर टोमस सोउकेकले आत्मघाती गोल गरेका थिए ।

उनले खेलको ६४ औं मिनेटमा आत्मघाती गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाएका थिए ।

खेलको ८२ औं मिनेटमा केनले गोल गर्दै घरेलु टोलिको अग्रता दोब्बर पारे । उनले दक्षिण कोरियाली स्ट्राइकर सनको पासमा गोल गरेका थिए ।

त्यसपछि थप गोल हुन नसक्दा खेल घरेलु टोली २- ० गोलले विजयी भएको हो ।

यस जितसँगै टोटेनहाम अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

३१ खेलबाट ४५ अंक जोड्दै टोटेनह्याम तालिकाको सातौ स्थानमा उक्लिएको छ ।

पराजित वेस्टहाम भने समान खेलबाट २७ अंक जोड्दै १७ औं स्थानमा छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved