धनकुटाको फाप्रे झर्ना निमार्ण कार्य सम्पन्न

  • असार ६, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा/ धनकुटाको छथरजोरपाटी गाउँपालिकाले चालु आर्थिक वर्षको गाउँपालिकाको पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन प्रवद्र्धन विकास कार्यक्रम अन्तरगत फाप्रे झर्ना निमार्ण कार्य सम्पन्न गरेको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्षमा विनियोजन गरिएको ३ लाख ५० हजार बजेटले झर्ना जाने बाटोमा सिडी निर्माण, वाल उठाउने र धारा निर्माण कार्य सम्पन्न भएको छथर जोरपाटी गाउँपालिका–२ का वडाध्यक्ष कृष्ण कुमार आले मगरले बताए । फाप्रे झर्ना करिब ३० मीटर उचाईको रहेको छ ।

उक्त झर्ना प्रचार–प्रसार तथा बाटोघाटोको अभावमा ओझेल परेकाले झर्ना जाने बाटोमा सिडी निर्माण लगायत कार्य सकिएकाले आगामी दिनमा थप व्यवस्थित बनाएर गाउँपालिकाको प्रमुख पर्यटकिय स्थलको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए ।

झर्ना वरिपरी राई समुदायको बसोबास रहेको र सो क्षेत्रमा राईहरुको पुजा पाठ पनि गर्दै आइरहेकाले आउँदो वर्ष झर्ना नजिकै मार्ग थान निर्माण गर्ने योजना रहेको छ ।

प्रचार–प्रसार तथा मर्मत संम्भारको अभावमा पर्यटकिय क्षेत्रहरु ओझेलमा परिरहेको र स्थानीय सरकार आएपछि वर्षाैदेखि ओझेलमा परिरहेको पर्यटन विकासको प्रचुर संम्भावना बोकेको झर्नाको निर्माण भएपछि स्थानीयहरुले खुशी भएका छन् ।

उक्त झर्ना जानको लागि मुख्य सडक गुराँसेबाट छथर जोरपाटी रिङरोड नजिकै रहेको छ । छथर जोरपाटी गाउँपालिकाले हरेक बर्ष योजना निर्माण गर्दा कृषि र पर्यटनलाई पहिलो प्राथमिकता दिदै आएको छ ।

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved