काठमाडौँ / नेपाली राष्ट्रिय फुटबल टिमका म्याच फिक्सिङको आरोप लागेका पुर्व कप्तान सागर थापा सहित सबै खेलाडीले मंङगलबार सफाई पाएका छन् ।
२००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीको अपराध महाशाखाले २०७२ साल असोज २७ गते सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापालाई पक्राउ गरेको थियो ।
नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर जानीजानी हारेको भेटिएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
तत्कालिन फुटबल टोलीका कप्तान उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिएका थिए ।
उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार डलरदेखि लिने गरको प्रहरीको दावी थियो ।