जर्मन बुन्डेस लिगामा बायार लिभरकुसन अंक तालिकाको चौथो स्थानमा

  • असार १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

आइतबार राति भएको खेलमा जर्मन बुन्डेस लिगामा बायार लिभरकुसन अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा दुवै गोल भएका थिए । खेलमा साल्केले अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा खेल १–१ को बराबरीमा रोकिएको हो ।
साल्केसँग १–१ गोलको बराबरी खेल्दै लिभरकुसन अंक तालिकाको चौथो स्थानमा उक्लिएको हो ।
खेलको ५१औं मिनेटमा ड्याबनियल कालिगुरीले गोल गर्दै साल्केलाई अग्रता लिएको थियो । उनले पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि खेलको ८१औं मिनेटमा साल्केका जुआन मिरान्डाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
यस खेलसँगै लिभरकुसन ५७ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । साल्के ३९ अंकसहित नवौं स्थानमा उक्लिएको छ । बुन्डेसलिगाअन्तर्गत भएको अर्को खेलमा मेन्जमाथि आउग्सबर्गले १–० को जित निकालेको छ । आउग्सबर्ग ३५ अंक जोड्दै तालिकाको १३औं स्थानमा उक्लिएको छ । मेन्ज ३१ अंकसहित १५औं स्थानमा छ ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved