आइतबार राति भएको खेलमा जर्मन बुन्डेस लिगामा बायार लिभरकुसन अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा दुवै गोल भएका थिए । खेलमा साल्केले अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा खेल १–१ को बराबरीमा रोकिएको हो ।
साल्केसँग १–१ गोलको बराबरी खेल्दै लिभरकुसन अंक तालिकाको चौथो स्थानमा उक्लिएको हो ।
खेलको ५१औं मिनेटमा ड्याबनियल कालिगुरीले गोल गर्दै साल्केलाई अग्रता लिएको थियो । उनले पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि खेलको ८१औं मिनेटमा साल्केका जुआन मिरान्डाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
यस खेलसँगै लिभरकुसन ५७ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । साल्के ३९ अंकसहित नवौं स्थानमा उक्लिएको छ । बुन्डेसलिगाअन्तर्गत भएको अर्को खेलमा मेन्जमाथि आउग्सबर्गले १–० को जित निकालेको छ । आउग्सबर्ग ३५ अंक जोड्दै तालिकाको १३औं स्थानमा उक्लिएको छ । मेन्ज ३१ अंकसहित १५औं स्थानमा छ ।