काठमाडौं । चौतर्फि सरकारको आलोचना हुन थाले पछि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा र उपचारमा देशमा अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गरेको छ ।
कोरोना नियन्त्रण तथा रोकाथाम र उपचारमा हालसम्म ८ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।
सरकारले यस अघि १० अर्ब रुपैयाँ खर्च भएको बताएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका राजनीतिक दल तथा जनताले खर्च विवरण सार्वजनिक गर्न माग गर्दै सडक, सदनमा आबाज उठाएका थिए ।
खर्च विवरणप्रति सर्वत्र चासो हुन थालेपछि सरकारले त्यसलाई सार्वजनिक गरेको हो ।