राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले एक वर्ष बितिसक्दा समेत तलब पाएनन्

  • जेठ २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

लामो समयको निलम्बनपछि क्यानमा नयाँ कार्यसमिति आयो । त्यसपछि आईसीसीले स्वयम् दिँदै आएको खेलाडीको तलब क्यानमार्फत् दिने जानकारी दिइएको थियो । त्यसका लागि आईसीसीले क्यानको आधिकारिक पत्र मागेको थियो । क्यानले पत्र बुझाउँदा समेत खेलाडीले आईसीसीबाट प्राप्त गर्दै आएको वर्ष २०१९ को तलब पाउन सकेनन् ।

नेपाल क्रिकेट संघ ९क्यान० निलम्बनमा पर्दा क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले खेलाडीको खातामा तलब पठाउँदै आएको थियो । तर, पछिल्लो एक वर्ष २०१९ को तलब भने खेलाडीले पाउन सकेका छैनन् ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, “क्यानमा नयाँ कार्यसमिति आएपछि आईसीसीले क्यानमार्फत् खेलाडीको तलब दिने निर्णय गरेको थियो । त्यसका लागि क्यानबाट पत्र मागेको थियो । हामीले पत्र समेत बुझाएका थियौ । तर, तलब पाएको छैन ।”

क्यानले पत्र पठाए पनि पछिल्लो समय कोरोना भाइरस महामारीका कारण करिब तीन महिना आईसीसीले काम गर्ने सहज वातावरण नहुनुले खेलाडीको तलब नआएको हुन सक्ने उनको भनाइछ । “हामीले खेलाडीको तलब दिन आईसीसीलाई गुहारिरहेका छौं,” उनले भने ।

आईसीसीलाई सन् २०१९ देखि केन्द्रीय सम्झौतामा रहेका खेलाडीको पारिश्रमिक बढाएर दिन समेत आग्रह गर्ने उनले बताए । प्रत्येक ग्रेडका खेलाडीलाई १० हजारका दरले एक वर्षको तलबमा बढाएर पठाउन आईसीसीसँग प्रस्ताव गर्नेछौं । हाल ‘ए’ ग्रेडमा रहेका खेलाडीले ३५ हजार, ‘बी’ ग्रेडमा रहेका खेलाडीले २५ र ‘सी’ ग्रेडमा रहेका खेलाडीले १५ हजारका दरले मासिक भत्ता पाउने गरेका छन् ।

त्यस्तै खेलाडीको नयाँ ग्रेड २०२० बाट लागु हुने उनले बताए । यसका लागि क्यानले एक समिति गठन गरेको छ । खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टका लागि कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा समिति गठन गरेको हो । लकडाउनपछि उक्त समितिले बुझाएको खेलाडी ग्रेड रिपोर्टलाई क्यान बोर्ड बैठकलले पारित गर्नेछ ।

“पुरुष खेलाडीको ग्रेडका लागि हामीलाई हतार छैन । किनभने उनीहरूको ग्रेड पहिलेदेखि नै छ । हामीले खेलाडीको ग्रेड परिमार्जित गर्न मात्र खोजेका हौं । तर, त्यसमा पनि ग्रेड छुट्याउन केही समय पक्कै लाग्नेछ,” उनले भने, “कुन खेलाडीलाई कुन ग्रेडमा राख्‍ने भन्ने विषयमा धेरै अध्ययन गर्नुपर्ने हुन्छ । २२ जना खेलाडी समेटेर मात्र ग्रेडमा राख्‍न मिल्दैन ।”

उनले महिला खेलाडीको ग्रेडिङको विषय पनि अन्तिम चरणमा पुगेको बताए । सुरुमा महिला खेलाडीको मासिक भत्ता थोरै भए पनि बिस्तारै खेलाडीको तलबमा वृद्धि हुँदै जाने उनले बताए ।

 

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved