दुवै मृगौला खराब भएकी सपनालाई आर्थिक सहयोग जुट्दै

  • जेठ २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आर्थिक अवश्था कमजोर भएर उपचार गराउन समस्यामा परेकी दुवै मृगौला खराब भएकी धरान १५ की सपना लिम्बुलाई आर्थिक सहयोग जुट्न थालेको छ ।
धरान १४ स्थित नरसिंह मन्दिरको घरमा बस्दै आएकी लिम्बु दुवै मृगौला खराब भए पछि धरान स्थित रामलक्ष्मण मार्गमा आफन्तको घरमा बस्दै आएकी छिन् । आर्थिक अवश्था कमजोर रहेकाले उनले डायलासिस गर्न समेत समस्यामा पर्न थाले पछि स्थानीयवासीको पहलमा आर्थिक संकलन हुन थालेको छ ।

चिकित्सकले मृगौला प्रत्यारोपणनै अन्तिम विकल्प भएको जनाए पछि आर्थिक संकलनका लागि स्थानीयहरु जुटेका हुन् । उनको उपचारका लागि अहिले सम्म करिब ५ लाख रुपैया आर्थिक संकलन भएको उनका आफन्त राजेन्द्र लिम्बुले बताए ।

उनलाई सोमबार होप धरान र भारतीय भुपु सैनिक संघ इकाइ समिती धरान १५ ले सहयोग गरेको छ ।

यस अघि पनि खाद्यान्न सहयोग गरेको होप धरानले सोमबार ३ हजार मुल्य बराबरको खाद्यान्न सहित नगद साढे १० हजार रुपैया सहयोग गरेको छ । होप धरानको पहलमा हिसप चर्चले ३ हजार मुल्य बराबरको खाद्यान्न, विजेन्द्र श्रेष्ठ र ब्रमज्ञ भट्टराईले संयुक्त रुपमा २ हजार र स्टाटिक ईन ग्रेयर्स र सेभेन इलेभेन रेष्ट्रोले संयुक्त साढे ८ हजार रुपैया सहयोग गरेका थिए ।

त्यसै गरि भारतीय भुपु सैनिक संघ ईकाइ समितीले धरानले नगद ६ हजार रुपैया प्रदान गरेको छ । संघका अध्यक्ष विकाश राई सहितको टोलि सोमबारनै उनलाई नगद हस्तान्तरण गरेको छ । कार्यक्रममा चिल्ड्रेन एकेडेमीका अध्ययनरत युना खापुङले पनि २ हजार रुपैया प्रदान गरेकी छिन् ।

नागरिकता नभएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट राज्यले दिएको निशुल्क डायलासिस सेवाबाट बञ्चित हुनुपरेकाले मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्न सपनाकी आमाले सबैलाई आग्रह गरेकि छिन् ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved