स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडले च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने ः एनरिक सेरेजो

  • जेठ २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

मार्चमा कोरोना भाइरस महामारीका कारण च्याम्पियन्स लिग स्थगित हुनु पूर्व एथ्लेटिकोले शीर्ष १६ मा इंग्लिस प्रिमियर लिग लिडर क्लब लिभरपुललाई पराजित गर्दैै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको थियो । स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडले च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने क्लबका अध्यक्ष एनरिक सेरेजोले बताएका छन् ।

उनले फ्यानविना पनि च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने बताएका हुन् ।

च्याम्पियन्स लिग अगस्तमा पुनः सुरु हुन सक्नेछ । जर्मन बुन्डेसलिगा सुरु भइसकेको छ भने स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ए यसै महिना सुरु हुने तयारीमा छन् ।


एथ्लेटिकोले जुन ११ मा एथ्लेटिक बिल्बाओसँग खेल्दै लिगको यात्रा सुरु गर्र्नेछ । एथ्लेटिको लिगका ११ खेल बाँकी रहँदा अंक तालिकाको छैटौं स्थानमा छ ।

एथ्लेटिकोले २०१४ र २०१६ मा दुई च्याम्पियन लिग उपाधि फाइनलमा गुमाएको थियो । तर सेरेजोले यस सिजनको च्याम्पियन्स लिग उपाधि जित्न सक्ने बताए । “हामी धेरै विशेष छौं । दर्शकविना पनि हामी च्याम्पियन्स लिग जित्न सक्छौं । यो हाम्रो वर्ष हुन सक्छ,” क्लबका अध्यक्ष एनरिकले भने, “घरेलु लिगमा भने हामी गाह्रो अवस्थामा छौं ।

तर, च्याम्पियन्स लिगमा हामी धेरै राम्रो अवस्थामा छौ । जहाँ फाइनलमा पुग्न केही खेल टाढा छौं, जुन हामी पूरा गर्न चाहन्छौं ।”

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved