पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अरबपति फुटबलर

  • जेठ २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पहिलो बिलिनियर (अरबपति) फुटबलर बनेका छन् । उनी एक बिलियन कमाउने पहिलो फुटबल खेलाडी बनेका हुन् ।

फोर्ब्सले जारी गरेको सूचीमा रोनाल्डो सर्वाधिक कमाउने फुटबलरमा यस वर्ष टेनिसका रोजर फेडेररपछि दोस्रो स्थानमा छन् । फुटबलरतर्फ प्रतिस्पर्धी लिओनल मेसीलाई पछि पार्दै रोनाल्डो अगाडि छन् ।

 रोनाल्डोले गत वर्ष कूल १०५ मिलियन डलर कमाइ गरेको थिए । फोर्ब्सका अनुसार उनको कुल कमाइ एक बिलियन पुगेको छ । खेल जीवनमै बिलिनियर बन्ने रोनाल्डो समग्रमा तेस्रो खेलाडी बनेका छन् । यसअघि गल्फर टाइगर उड्सले सन् २००९ मा र बक्सर फ्लोयद मेवेदरले सन् २०१७ मा खेलेर बिलिनियर बनेका थिए ।

फोर्ब्सले सार्वजनिक गरेको १०० सेलेब्रेटीको सूचीमा काइली जेनर र कान्य वेस्ट पछि रोनाल्डो तेस्रो स्थानमा छन् ।

३५ वर्षीय रोनाल्डोले १७ वर्षे फुटबल करियरमा खेलबाट मात्रै ६५० मिलियन डलर कमाएका छन् । उनको अहिलेको सम्झौताले उनको कूल कमाइ ७६५ मिलियन पुग्ने फोर्ब्सले जनाएको छ । हाल इटालियन क्लब युभेन्ट्समा खेल्ने रोनाल्डोको सम्झौता २०२२ सम्म छ ।

यस्तै रोनाल्डोभन्दा तीन वर्षपछि व्यावसायिक फुटबल खेल्न थालेका अर्जेन्टाइन सुपरस्टार मेसीले खेलबाट ६०५ मिलियन डलर कमाइ गरेका छन् ।

रोनाल्डो गत जनवरीमा इन्स्टाग्राममा २०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनेका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि उनी धेरै फलो गरिनेमा अगाडि छन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved