रुकुमको घटनाका दोषिलाई कारवाहीको माग गर्दै सलोरामद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  • जेठ २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । रुकुम पश्चिममा घटेको जातीय नरसंहारको दोषिलाई कारवाहीको माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरीले एमसिसिको बारेमा श्वेत पत्र जारी गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 

मञ्चले विभिन्न ४ बुँदे माग पत्र इलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमन्त्री कार्यालयलाई शुक्रबार ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा रुकुम पश्चिममा भएको दलित युवा नवराज विक सहित ६ जनाको हत्यामा संलग्न दोषिलाई कडा कारवाहीको माग गरेको छ । दलित शिल्पी समुदाय उपर यस्ता घटना दोहोरिन नदिन संविधान संशोधन गरि दलित शिल्पी गैर भौगोलिक प्रान्त स्थापना गर्न समेत माग गरिएको छ ।

त्यसै गरि लिपुलेक, लिम्पियाधुरा, कालापानी सहितको नयाँ नक्शा संविधानमा समावेश गर्न सरकारले संविधान संशोधन गर्न तयारी गरेकोमा धन्यबाद दिदै मंञ्चले उठाउँदै आएको १० प्लस १ प्रान्तहरु पनि अनिवार्य रुपमा संविधान संशोधनमा समावेश गर्न पनि माग गरेको छ ।

मञ्चले लिम्बुवान, खम्बुवान, शेर्पा, तामाङसालिङ, नेवा, तमुवान, मगरात, खसान, थरुहट, मधेश र दलित शिल्पी गैर भौगोलिक प्रान्तहरु अनिवार्य रुपमा संविधान संशोधनमा समावेश गर्न संघर्ष गर्दै आइरहेको छ ।

त्यस्तै एमसिसिको विषयमा नेपाली जनता प्रस्त हुन खोजिरहेकाले श्वेतपत्र जारी गरि जनताको रायका अनुसारमा निर्णय लिन पनि माग गरेको छ ।

सिमा विवाद, कोरोना महामारी, जातिय विभेद सम्बन्धी हत्या, मातृभाषा र १० प्लस १ को सवाल, भ्रष्टाचार, एमसिसि आदि विषयले देश गम्भीर मोडमा पुगेकाले यस बारेमा सर्वपक्षिय गोलमेच सम्मेलन तत्काल आयोजना गर्न पनि माग गरेको छ ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन र सुनसरी जिल्ला अध्यक्ष अमर इजम लिम्बुद्वारा संयुक्त हस्ताक्षरित ज्ञापन पत्र इलाका प्रसाशन कार्यालय धरानका प्रमुख चन्द्र कार्कीलाई बुझाएका हुन् ।

patra-1

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved