एजेन्सी । स्पेनिसका शीर्ष दुई डिभिजन क्लबले सोमबारबाट समूहमा प्रशिक्षण गर्ने भएका छन् ।
कोरोना भाइरसको महामारीपछि स्पेनिस क्लब सोमबारदेखि पहिलो पटक पूर्ण प्रशिक्षण सत्र सुरु गर्नसक्ने ला लिगाले घोषणा गरेको छ ।
टोलीहरूले मेको सुरुवातमा व्यक्तिगत प्रशिक्षणबाट सुरु गरेका थिए । तर, पछिल्लो दुई सातादेखि एक समूहमा बढीमा १० खेलाडीसम्म प्रशिक्षण गर्ने अनुमति दिइएको थियो ।
क्लबहरुलाई सोमबारबाट भने एक समूहमा १४ खेलाडीले सामूहिक प्रशिक्षण गर्न अनुमति दिइएको छ ।
“ला लिगा क्लबहरूले सोमबार अर्थात जुन १ बाट सामूहिक प्रशिक्षण सुरु गर्नेछन्,” ला लिगाले एक विज्ञप्तिमा खेलेको छ, “प्रशिक्षणको चौथो चरण सोमबार सुरु हुनेछ । यो प्रोटोकलको अन्तिम चरण हो ।”
स्पेनिस ला लिगाको शीर्ष डिभिजन जुन ११ बाट पुनः सुरु हुनेछ । ५८ अंक जोडेको बार्सिलोना तालिको शीर्ष स्थानमा छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल मड्रिडको बार्सिलोनाभन्दा दुई अंक कम छ ।