ला लिगा क्लबले सोमबारबाट पूर्ण प्रशिक्षण गर्ने

  • जेठ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

एजेन्सी । स्पेनिसका शीर्ष दुई डिभिजन क्लबले सोमबारबाट समूहमा प्रशिक्षण गर्ने भएका छन् ।

कोरोना भाइरसको महामारीपछि स्पेनिस क्लब सोमबारदेखि पहिलो पटक पूर्ण प्रशिक्षण सत्र सुरु गर्नसक्ने ला लिगाले घोषणा गरेको छ ।

स्पेनिल लिगका सम्पूर्ण गतिविधि कोरोना भाइरस महामरीका कारण १२ मार्चमा स्थगित गरिएका थिए ।

टोलीहरूले मेको सुरुवातमा व्यक्तिगत प्रशिक्षणबाट सुरु गरेका थिए । तर, पछिल्लो दुई सातादेखि एक समूहमा बढीमा १० खेलाडीसम्म प्रशिक्षण गर्ने अनुमति दिइएको थियो ।

क्लबहरुलाई सोमबारबाट भने एक समूहमा १४ खेलाडीले सामूहिक प्रशिक्षण गर्न अनुमति दिइएको छ ।

“ला लिगा क्लबहरूले सोमबार अर्थात जुन १ बाट सामूहिक प्रशिक्षण सुरु गर्नेछन्,” ला लिगाले एक विज्ञप्तिमा खेलेको छ, “प्रशिक्षणको चौथो चरण सोमबार सुरु हुनेछ । यो प्रोटोकलको अन्तिम चरण हो ।”

स्पेनिस ला लिगाको शीर्ष डिभिजन जुन ११ बाट पुनः सुरु हुनेछ । ५८ अंक जोडेको बार्सिलोना तालिको शीर्ष स्थानमा छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल मड्रिडको बार्सिलोनाभन्दा दुई अंक कम छ ।

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved