युवा तथा खेलकुद क्षेत्रमा बजेट गत वर्षभन्दा कम

  • जेठ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं । सरकारले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले सरकारले खेलकुद क्षेत्रको विकासका तथा विस्तारका लागि बजेट विनियोजन गरेको हो । 

सरकारले विनियोजन गरेको बजेट गत आर्थिक वर्षको भन्दा केही कम हो । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि युवा तथा खेलकुद क्षेत्रको विकासका लागि ३ अर्ब ९९ करोड बजेट विजियोजन गरेको थियो । 

यो वर्ष सरकारले खेलकुद क्षेत्रमा धेरै जसो कार्यक्रम अघिल्लो वर्षका आयोजनाहरुलाई निरन्तरता दिएको छ । स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरमा सुविधासम्पन्न खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नतिको कार्यलाई सुरु गर्न बजेट विनियोजन गरेको हो । 

यस्तै निर्माणाधीन क्रिकेट मैदानलाई निर्माणलाई पनि निरन्तरता दिएको छ ।  सरकारले नवौं राष्ट्रिय खेलकुदको लागि छुटाएको बजेट लगायतलाई हेर्ने हो भने यो वर्ष सरकाले खेलकुद क्षेत्रमा अनुमान गरिएको भन्दा कम बजेट विनियोजन गरेको हो ।

 

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved